‘यो पागल मन’ को ट्रेलर सार्वजानिक

नेपाली चलचित्र जगतमा चलचित्रहरु एक पछि अर्को आउने क्रममा ‘यो पागलमा’ चलचित्रको ट्रेलर सार्वजानिक भएको छ । कल्याण अधिकारीद्धारा निर्देशित यो चलचित्र बिरेन्द्र कुमार यादब र कल्याणले संयुक्त रुपमा निर्माण गरेका छन । आज एक कार्यक्रममा ट्रेलर सार्वजानिक गरिएको यो चलचित्र यहि असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

अनिल गौतमले सम्पादन गरेको उक्त चलचित्र शम्भु सापकोटाले खिचेका हुन । त्यसै गरेर भोमन कटुवालको मुख्य सहायक निर्देशमा बनेको चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा कमल राईले कोरियोग्राफि गरेका छन भने राजु किरातले द्धन्द निर्देशन गरेका छन ।

लव स्टोरी जेन्रेको यो चलचित्रमा सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ । चलचित्रमा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायत कलाकारहरुले मुख्य भुमिकामा रहेर अभिनय गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest