निर्माता वाग्ले पूर्वक्षका लागि जेल चलान

नेपाली चलचित्र ‘लुट’का निर्माता माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन । निर्माता वाग्ले गत जेष्ठमा नक्कली नोट छापेका आरोपमा पक्राउ परेका हुन । निर्माता वाग्ले सँग सुदीप घिसिङ र महेन्द्र बोगटीलाइ पनि जिल्ला अदालत काठमाण्डौकोले जेल चलानको आदेश दिएको छ ।

प्रहरीले गत जेष्ठमा ६ जनालाई दुई करोड ५० लाख नक्कली नोटसहित पक्राउ गरेको समाचार छ । आरोपी ६ जना मध्ये प्रकाश सुवेदी र विवेक नापित १–१ लाख धरौटीमा छुटेका छन भने साजन भुलुन साधरण तारिखमा छुटेका छन । निर्माता वाग्ले, सुदीप घिसिङ र महेन्द्र बोगटी भने जेल चलान भएका हुन ।

नक्कली नोट कारोबार भएको बयानमा खुलेपछि काठमाण्डौ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । निर्माता वाग्लेको बयान अनुसार नयाँ चलचित्र ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट बनाइएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest