सेड्युल मिलाएर मात्र चलचित्रमा काम गर्छु – दयाहाङ राई

नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता दयाहाङ राईद्धारा अभिनित चलचित्रले पछिल्लो समय हरेक महिना सिनेमामा नन मुभरको रुपमा उपस्थिति जनाए । भन्ने नै हो भने उनी स्वयंलाई आफु अभिनित कुन चलचित्र कहिले प्रदर्शन हुदैछ अत्तोपत्तो हँुदैन थियो । गत वर्ष पनि ‘कान्छी’, मिस्टर झोले’ चलचित्र नेपाली रजतपटमा हिट लिस्टमा गनिए ।

त्यसै गरेर उनीद्धारा अभिनित नयाँ चलचित्र ‘भैरे’ यहि साउन ४ गते बाट देशव्यापी प्रदर्शनको तयारीमा छ । गत चैत ३० गते प्रदर्शन भएको चलचित्र ‘नेप्टे’ पछि चलचित्र ‘भैरे’ प्रदर्शन हुदैछ । चलचित्र ‘नेप्टे’ को ४ महिनाको अन्तरमा प्रदर्शन हुने चलचित्र ‘भैरे’ बाट दयाहाङ स्वयं आशावादी देखिन्छन ।

सोमबार चलचित्र ‘भैरे’को ट्रेलर सार्वजानिक कार्यक्रममा बोल्दै भने मलाइ पनि मेरा चलचित्र लगातार प्रदर्शन हुन भन्ने लाग्दैन, ग्यापमा चलचित्र गर्दा पनि कहिले काहि प्रदर्शन भने लगातार जस्तै भैदिन्छन । कार्यक्रममा बोल्दै उनले भोलिको दिनमा भने सेड्युल मिलाएर मात्र चलचित्र गर्ने बताए । ‘आप्पा’, ‘नीरफुल’ पछि ‘साइली’ केहि महिनाको ग्यापमा यी नै चलचित्रमा काम गर्दैछु । यसर्थमा चलचित्र नजुध्लान भन्नेमा आशावादी छु ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest