रोमियो ए‌‌ण्ड मुना आउदै

लामो समयको प्रतिक्षापछि रोमियो एण्ड मुनाको प्रदर्शन मिति तय भएसँगै यस फिल्मको ट्रेलर सार्बजनिक भएको छ । ट्रेलर रिलिज भएको १ दिनमा एक लाख पचास हजारको भ्यू बटुल्न सफल फिल्मले दर्शकहरु लाई कतिको बटुल्न सफल हुने हो त्यो हेर्न भने प्रदर्शन मिती श्रावण ११ गते सम्म पर्खनु पर्नेहुन्छ ।

नरेश कुमार केसीद्धारा निर्देशित चलचित्र रोमियो एण्ड मुना प्रेम, रोमान्स, विछोड अनि झगडाको मिश्रीत कथालाई प्रस्तुत गरिएको छ । निर्देशक केसीको यो दोश्रो चलचित्र हो । पहिलो चलचित्र डाइङ क्यान्डल चलचित्र निर्देशन गरेका थिए यो चलचित्रले नेपाली रजतपटमा निकै चर्चा पनि कमाएको थियो । प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, रामशर्मा र कविन शाक्यको संयुक्त निर्माणमा बनेको चलचित्र हो ।

आउदो श्रावण ११ गते देखि प्रदर्शनमा आउने चलचित्र रोमियो एण्ड मुना मा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले निर्देशक केसीलाई संवाद नेख्न सघाएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest