चलचित्र कायराको ट्रेलर सार्वजानिक

नेपाली रजटपटमा साम्राज्ञी लक्ष्मी शाह कुनै नौलो नाम हैन । पछिल्लो समयमा विवादमा तानिएकी साम्राज्ञीले भने विवादलाई वाल मत्लव दिएर आफ्नो सुर छोडेकि छैनन । हो उनै नायिकाद्धारा अभिनित चलचित्र ‘कायरा’ को ट्रेलर भर्खरै सार्वजानिक भएको छ । चचित्रमा साम्राज्ञी सँग नेपाली चलचित्र जगतका चकलेटी अभिनेता आर्यन सिग्देल अभिनयमा देखिने छन ।

यहि श्रावण १८ गतेलाई प्रदर्शन मुहुर्ता तोकिएको चलचित्रमा आर्यन र साम्राज्ञी बिचको प्रेम र रोमान्सको सुखान्त कथाका साथै विछोडको पनि दुखान्त कथालाई प्रस्तुत गरिएको छ । निर्माण टिम पहिलो प्रचार सामग्री स्वरुप गीत पनि युट्युव मार्फत सार्वजानिक गर्ने तयारीमा रहेता पनि हार्डडिक्सबाट गीतले सुली चढेपछि ट्रेलर मात्र सार्वजानिक गरिएको हो ।

लक्ष्मण रिजालद्धारा निर्मित यो चलचित्र अधिकांश द्दृश्य फिलिपिन्समा छायाँकन गरिएको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको चलचित्र ‘कायरा’ को गीतमा प्रविण सिंहको कोरियोग्राफि रहेको छ । शिवराम श्रेष्ठले उनको क्यामेराको फ्रेममा कैद गरिएको उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलारकारहरु पनि अभिनयमा रहेका छन ।

पछिल्लो समय आर्यनको अभिनयमा निर्माण भएको चलचित्रहरुले व्यावसायिक रुपमा कमजोर रहदै आएको थियो । तर यो चलचित्रमा भने पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेको यो चलचित्रप्रति दर्शकको चासो आकाशीएको छ । यस कारण पनि आर्यनको लागि यो चलचित्र अझ धेरै महत्वपुर्ण रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest