प्रदर्शन नगरिएको चलचित्र ‘झिल्के’ को कथा माथि ‘ बाबु कान्छा’ ट्रेलर सहित

नेपाली चलचित्र उद्योगमा शोभित बस्नेत कुनै नौलो नाम हैन । कुनै समयमा नेपाली चलचित्र ज्यादा भन्दा ज्यादा हलमा शोभित कै लाग्ने गरेका थिए । तर अहिले कमै मात्रमा चलचित्र निर्देशन गर्ने शोभितले केहि वर्ष अगाडि निर्देशन गरेको चलचित्र ‘झिल्के’ प्रदर्शनमा ल्याएनन । करिव ९० प्रतिशत छायांकन सकेर पनि शोभितले चलचित्र ‘झिल्के’ लाइ प्रदर्शनमा ल्याएनन् । चलचत्रिको कारण आफ्नो छोरा सलोन बस्नेतको करिअरमा ठेस पर्ने उनको बुझाइ थियो ।

हालसालै निर्देशक शोभितले चलचित्र ‘बाबु कान्छा’ निर्देशन गरेका छन् । शोभितको भनाइ अनुसार झिल्के को कथामै ‘बाबु कान्छा’ बनाइएको हो । चलचित्रको ट्रेलर रिलिजको कार्यक्रममा शोभित बोल्दै झिल्केको कथावस्तुलाई अझ राम्रो बनाएर ‘बाबु कान्छा’ बनाएका हौ । तर, उनले स्पष्ट पार्दै भने झिल्के को दृश्य भने बाबु कान्छामा प्रयोग गरिएको छैन ।

यहि असार २९ गते प्रदर्शनकाे तयारिमा रहेकाे चलचित्र बाबु कान्छामा उनैको छोरा सलोन बस्नेतको अभिनय रहेको छ । अभिनेता सलोनका साथमा करिश्मा श्रेष्ठको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारको पनि भुमिका हेर्न पाइने छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest