चलचित्र ब्ल्याकको ट्रेलर सार्वजानिक सँगै विवादित सम्वाद

यहि भाद्र १ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’ को अफिसियल ट्रेलर सार्वजानिक भए सँगै ट्रेलर विवादमा तानिएको छ । कपी पेस्टले ग्रस्त नेपाली चलचित्र उद्योग कपीराइटको विवादमा तानिनु कुनै नौलो कुरो हैन । विगत देखि नै बलिउड देखि हलिउड सम्मको चलचित्र कथावस्तु अर्काको नक्कल गरेर प्रदर्शनमा आइरहेको थियो ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको घमासन प्रेम कहानीमा आधारित चलचित्र ब्ल्याकको ट्रेलरमा भने नेपाली साहित्य क्षेत्रबाट सम्वाद हुबहु कपि गरेको आरोप लागेको छ । नेपाली साहित्य जगतका निकै चर्चित लेखक तथा आख्यानकार सुविन भट्टराईले आफ्नो तेश्रो उपन्यास मनसुनको सम्वाद हुवहु कपी गरेको आरोप लगाएका छन । यस सम्वाद प्रति लेखकले आफ्नो फेसबुक स्ट्याटसमार्फत आपत्ति जनाएका छन ।

यस अघि पनि लेखक सुविनले आफ्नो सृजना कपी भएको आपत्ती जनाइरहेका थिए । उक्त स्ट्याटसमा सुविनले पहिले देखिनै आफु पिडित रहेको तर चुप बसेको भनाइ छ । कुनै सफल चलचित्रले पनि समर लभको सम्वाद हुवहु हालिएको बताएका छन । समर लभ सुविनको दोश्रो कृति हो भने पहिलो उपन्यास हो । समर लभ उपन्यास नेपाली आख्यान जगतमा सन २०१३ मा अत्याधिक विक्री भएको कृति हो ।

सुबिनले पोष्ट गरेको २ स्ट्याटस जस्ताकाे तस्तै :–

स्ट्याटस १:-
जब जब नेपाली फिल्म हेरौँ, माया गरौँ भन्ने भाव आइरहेको हुन्छ तब यी यस्ता फिल्मका लेखक, निर्देशक निर्माताको बुद्धि देखेर बिरक्त लाग्छ ।

चौध महिना अघिको मेरो फेसबुक पोष्टलाई हुबहु एउटा शब्दपनि नबद्ली, ट्रेलरमै, हुबहु त्यो पनि हिरोको मुखबाट सुन्दा सम्पूर्ण सिनेमा जिरो भन्दापनि कम स्तरमा झरेको प्रतीत भइरहेको छ ।

 

तस्वीर:  पहिलाे स्ट्याटस

दशर्क यस्तै निर्माता, निर्देशक र स्क्रिप्ट राइटरका कारण नेपाली सिनेमा हेर्न रुचाउँदैनन् ।

यस्तो घटना पहिलो पटक घटेको भने होइन । पटक पटक भएको छ । अझ एउटा हिट को पगरी भिरेको नेपाली फिल्ममा त समर लभको हुबहु संवाद हालिएको पनि छ ।

सधैँ चुप बसेँ । योपटक सकिनँ । माफ गर्नुहोला ।

उक्त फिल्मको trailer को टुक्रा तल हेर्नसक्नुहुन्छ

तस्वीर : ब्ल्याक चलचित्रप्रति अापत्ती

स्ट्याटस २:-
फिल्मको नाम Black रे । लौ हेर्नुस् यहि Black को कालो कर्तुत । नेपाली फिल्म जगतको चोरी (यसलाई त डकैती नै भने भो) अझै कति कति सहनुपर्ने हो ।

योपटक पुस्तकबाटै चोरेछन् ।

हामी दुबैबीच प्रेम थियो या थिएन, तर केही त थियो, जो प्रेमजस्तै मिठो थियो ।
(मनसुन पेज नम्बर ७३)

प्लिज ‘यति जाबो चोर्दैमा के हुन्छ र ?” “यति त जसले पनि सोच्न सकिहाल्छ नि ! ” ” यो त मैले बच्चैदेखि सुनेको हुँ” भन्ने कुर्तक चाहिँ नगर्नु होला ।

नोटः यो फिल्मको पब्लिसिटी गरेको होइन । यहाँहरु यो चोरीको बिरोध गर्नुहुन्छ भने यूट्यूमा आफ्नो प्रतिक्रिया जनाइ डिस्लाइक गरिदिनुहोला । जे सुकै चोरोस् चोर चोर नै, तिनीहरुको बिरोध नगुर्न पनि मौन समर्थन नै हुन सक्छ कि !!!!!!!!!

 

ट्रेलर:

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest