चलचित्र ‘बाँध मायाले’ को टिजर सार्वजानिक

यहि असोज ५ गतेलाई प्रदर्शनको मिती बनाएको चलचित्र ‘बाँध मायाले’ को टिजर भर्खरै बजारमा सार्वजानिक भएको छ । चलचित्रको टिजरमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठको प्रेममा मिलन, विछोड, द्धन्द्ध, पीडालाई स्थान दिइएको छ । सार्वजानिक टिजरमा संवाद भने समावेश गरिएको छैन ।

रोशन श्रेष्ठद्धारा निर्देशित यो चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । त्यसै गरेर बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफि रहेको छ ।

रामहरि धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको चलचित्रबाट किशोर खड्का चलचित्र जगतमा डेव्यु गर्दैछन । चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest