चलचित्र ‘रोमियो एण्ड मुना’ सेन्सर पास

चलचित्र ‘रोमियो एण्ड मुना’ ले सेन्सर पास गरेको छ । गत आइतबार चलचित्र सेन्सर बोर्डले पिजि प्रमाण पत्र प्रदान गर्दै चलचित्रले १६ वर्ष मुनिका बालबालिकाको लागि भने अभिभावक साथमा रहनु पर्ने बताएको छ ।

चलचित्र निर्माता प्रशन्न गोपालीद्धारा निर्मित चलचित्र ‘रोमियो एण्ड मुना’ विषयवस्तु र निर्माणको तारिफ गर्दै सेन्सर बोर्डले प्रदर्शनको लागि अनुमती दिएको हो । सेन्सरका कर्मचारिको प्रतिक्रिया र विना काटछाट नै चलचित्र पास भएको निर्देशक गोपालीले उत्साहित हुदै बताए । यसका साथै गोपालीले थपे चलचित्रमा राक्षसको समेत क्रियसन गरिएकोले चलचित्रले पिजि प्रमाण पत्र पाएको हो ।

यहि श्रावण ११ गतेलाई प्रदर्शन मिती तय गरेको चलचित्र ‘रोमियो एण्ड मुना’ प्रेम कथामा आधारित चलचित्र हो । यस चलचित्रका गीत अहिले निकै चर्चामा रहेको छ ।

नरेशकुमार केसिद्धारा निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’ मा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भुमिका रहेको छ । त्यसै गरेर चलचित्रमा विनय र सृष्टिका साथमा प्रज्वल सुजल गिरि, सुष्मा कार्की र सुरक्षा पन्तको समेत अभिनय रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest