बक्स अफिसको शिर्षस्थानमा भैरे र बोब्बी

नेपाली चलचित्र बोर्डले बक्स अफिस लागु गरेदेखि कुन चलचित्रको व्यापार कस्तो भन्ने कुरा चाल पाउन निकै सजिलो भएको छ । बक्स अफिस लागु गर्दा कतिले यो सफल हुदैन पनि भनेका थिए । कतिले नेपाली चलचित्र जगतको लागी एक दम महत्वपुर्ण भन्ने टिप्पणी गरेका थिए ।

नेपाली चलचित्र भैरे र चलचित्र बोब्बीकोले एक हप्ता अघि पछि प्रदर्शनमा आएका थिए । अहिले यी नै दुई चलचित्रको व्यापारमा रस्साकस्सी परेको देखिएको छ । चलचित्र बोब्बी सँग अरु २ चलचित्रले प्रदर्शन गरेका थिए । त्यसै गरेर चलचित्र भैरे सँग पनि एक चलचित्र सँगै प्रदर्शनमा आएको थियो । तर ती सवै चलचित्र बोब्बी र भैरे जस्तो बक्स अफिसको अग्रपंक्तिमा अटाएनन ।

हालसालैको बक्स अफिस रेकर्ड हेर्दा चलचित्र बोब्बी र भैरे शिर्षस्थानमा रहेको छ । बक्स अफिसले सार्वजानिक गरेको रेकर्ड अनुसार अहिले सम्म बोब्बीले एक करोड सत्तरी लाख र भैरेले एक करोड छत्तीस लाखको व्यापार गरेको छ । अहिले बक्स अफिसमा तहल्का मच्चाउने चलचित्र यी नै २ हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest