चलचित्र ‘छिरिङ’ को दोश्रो गीत सार्वजानिक

आगामी असोज १२ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र ‘छिरिङ’ को दोश्रो गीत ‘तिमिले त मायामा’ बोलको गीत सार्वजानिक भएको छ । एक दशक भन्दा बढी समयपछि अभिनयमा कमब्याक गरेका गायक निमा रुम्बा र नवनायिका कामना भुजेलको उक्त गीतमा फिचरिङ रहेको छ । गायक तथा अभिनेता निमा रुम्बाले ‘कागबेनी’ चलचित्रमा यो भन्दा पहिले अभिनय गरेका छन ।

गायक तथा अभिनेता यस कुमारको संगीत, शब्द र स्वरमा रहेको गीतलाई विन्दु परियारले गायकलाई साथ दिएकी छिन । सार्वजानिक गीतमा केहि प्लट रहस्योद्घाटन गरिएको छ । जसअनुसार निमा अमेरिका ग्रीनकार्ड युवक छन । गीतको अन्तिममा युवतीको लभ घोडा चढेका यशकुमारलाई इन्ट्ेरस्टको रुपमा फिचर्ड गरिएको छ ।

गायक तथा अभिनेता यशकुमारले निर्देशकको रुपमा डेब्यु गरेको चलचित्र ‘छिरिङ’ दुइ पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धलाई प्रस्तुत गरिएको छ । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथालाई दृश्यांकन गरिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest