‘क्याप्टेन’ फष्टलुकमा आक्रामक अनमोल

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को फष्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र युनिटले शनिवार फष्टलुक सार्वजनिक गरेको हो ।

फिल्ममा गाउँको एक युवा फूटबल खेलेरै स्टार बनेको संघर्षमय कथा देखाइएको छ । फष्टलुकमा अनमोललाई फूटबल हिर्काउँदै गरेको लुक्समा देखाइएको छ । पोष्टरमा उनी इसान लेखिएको जर्सी नम्बर ११ मा देखिइएको छ ।

दिवाकर भट्टराईको निर्देशन तथा भुवन केसीको निर्माण रहेको चलचित्रमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest