यस्तो छ चलचित्र छिरिङको टिजर

नेपाली चलचित्र छिरिङ को टिजर सार्वजानिक भएको छ । गायक तथा नायकद्धय निमा रुम्बा र यशकुमारको अभिनय रहेको उक्त चलचित्रमा यशकुमारकै निर्देशनमा रहेको छ । युटुव मार्फत सार्वजानिक भएको टिजरमा प्रेम र द्धन्द्ध देखाइएको छ ।

कामना भुजेललाई सोलो हिरोइनको रुपमा देखाइएको चलचित्रमा यशकुमार र याम थापा मिलेर चलचित्रको कथा लेखेका हुन । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नविन बुढाथोकीको सो चलचित्रमा निर्माण रहेको छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest