इन्टु मिन्टु धरानमा

नेपाली चलचित्र जगतमा प्रदर्शनी अगावै चर्चाको शिखरमा रहेको चलचित्र इन्टु मिन्टु लण्डनमा प्रोमोशनल टुरको क्रममा आज धरानमा आइपुगेको छ । देशभर विभिन्न शहरमा प्रोमोशनल कन्सर्ट गर्दै धरान आइपुगेको सो चलचित्र टिमले धरान स्थित बगरकोटको अर्किड किचनमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । भारी पत्रकारहरुमाझ चलचित्र टिमले चलचित्रको बारेमा जानकारी दिनुका साथै चलचित्रमा रहस्य रहेको उक्त रहस्य भने चलचित्र प्रदर्शनको दिन नै हेरेर थाहा पाउनु हुनेछ ।

यहि असोज ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र इन्टु मिन्टु लण्डनमा कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशनमा बनेको चलचित्र हो । त्यसै गरेर हट केक नायक धिरज मगरको पनि यो डेव्यु चलचित्र हो ।

प्राेमाेशनल टुरमा धरान अाइपुगेकाे चलचित्र टिमले धरान स्थित गाेर्खा डिपार्टमेन्ट अगाडि प्राेमाेशनल कन्सर्ट अायाेजना गरेकाे थियाे ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest