चलचित्र सायाबुङ (शिरफुल) को विशेष प्रदर्शन हुने

नेपाली चलचित्र जगतमा किराँत राई संस्कृतिमा आधारित चलचित्र सायाबुङ (शिरफुल) को विशेष प्रदर्शन हुने भएको छ । भोली भाद्र ३० गते कोटेश्वरस्थित किरात राई यायोक्खा केन्द्रिय कार्यालयको सुम्निमा हलमा सो चलचित्रको विशेष प्रदर्शन हुने भएको हो ।

किरातीहरुको परम्परागत मुल्य–मान्यतालाई यस चलचित्रमा जीवन्त रुपमा प्रस्तुत गरिएको छ । नेपालीमा भाषामा रहेको चलचित्रको शिर्षक किराती सभ्यता र भाषाबाट राखिएको छ । निर्देशक भगिराज राईको अनुसार पुर्वी नेपालको उच्च पहाडी भेगको गाई तथा चौरी गोठको संस्कृतिलाई चलचित्रमा समेटिएको छ । किरात राई भाषमा सायाबुङको अर्थ अप्ठेरोमा फुल्ने फुल बुझिन्छ । गोठ राखिने सुदुर ठाउँमा रहेका युवा र बस्तीकी युवतीबिच हुने प्रेमकथा नै यो चलचित्रको मुख्य विषय हो ।

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल–भारत सिमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी तथा भारतको मणिपुरका रमणीय स्थानहरूमा गरिएको छ । सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई तथा दिव्य आङ्देम्बेले अभिनय गरेको चलचित्र सायाबुङको निर्माण साया राईले गरेका हुन् । भगिराज राईको लेखन तथा निर्देशन, भक्त सुनुवार र उदय नेम्वाङको संगीतको यो चलचित्रलाई देवजंग थापाले सम्पादन गरेका छन् । यो चलचित्रका गीतमा दीपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ, गौरिमान राई तथा भगिराज राईको स्वर सुन्न सकिन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest