इन्टु मिन्टु लण्डनमाकाे बक्स अफिसमा बर्चस्व

नेपाली चलचित्र दुनियामा ०७५ वर्षको सुरुवातदेखि असोज तेस्रो हप्तासम्म आइपुग्दा चार दर्जन बढी चलचित्र प्रदर्शन भइसकेका छन् । तर, लगानी सुरक्षित गर्न भने चलचित्र ‘नाईं नभन्नू ल ५’ ले मात्र सफल भयो । चलचित्र ‘रामकहानी’ को सुरुवाती कलेक्सन सुखद रहेपनि सफलताको शिखर चुम्न भने सफल भएन ।

वर्षको ५० प्रतिशत समयमा निर्माताको करीब २० करोड लगानी डुबिसकेको अवस्थामा असोज ५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नन् स्टप बक्सअफिस हावी राख्दा उक्त चलचित्रले खडेरी लागेको चलचित्रको व्यापारमा ठूलो सास भरेको थियो । यो चलचित्रले शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ ।

चलचित्रले प्रदर्शनको पहिलो हप्तामा ३ करोड ३० लाखको व्यापार गर्दै दोस्रो सातामा पनि चलचित्रले बक्स अफिसमा कडा उपस्थिती देखिएको छ । निर्माता प्रज्वल सम्सेर जबराका अनुसार, दोस्रो हप्तामा चलचित्रले घरेलु बजारबाट राम्राे व्यापार गरेको छ । उक्त चलचित्रको दुई हप्ते कलेक्सन ४ करोड ३० लाख ग्रस भएको छ ।

प्रदर्शनकाे तेस्रो हप्ताबाट चलचित्र राजधानी बाहिरका अधिकांश सिंगल पर्दाबाट उत्रिएको छ भने मल्टिप्लेक्समा अझै टिकिरहेको छ । राजधानीभित्र चलचित्रले मल्टिप्लेक्समा अझै आफ्नो उपस्थिति कायम राख्दा मध्यमवर्गिय दर्शकको भीड लाग्ने केही सिंगल स्कृनमा पनि चलिरहेको छ । ‘छक्का पञ्जा ३’ प्रदर्शनसँगै यो चलचित्र अधिकांश हलबाट उत्रने तयमा छ ।

स्राेतका अनुसार चलचित्रले घरेलु बजारबाट ६ करोडमाथिकाे व्यापार गर्न सफल भएमात्र लगानी सुरक्षित हुनेछ । निर्माता प्रज्वलले भने चलचित्रको व्यापारबाट सन्तुष्ट रहेको बताउछन् । चलचित्रले जति कमाएको छ त्यसबाट हामी खुसी छौं । नयाँ प्रोजेक्टका लागि थप जोश थपिएको छ’, उनले भने ।

‘इन्टु मिन्टु लण्डनमा’ टिमले अब ‘म २१ वर्ष’ (आई एम 21) नामक चलचित्र निर्माण गर्ने निधाे गरेकाे छ, जसमा अभिनेता धिजर मगर दोहोरिनेछन् । यो चलचित्रबाट अभिनेता धिरजलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ । उनको उपस्थितिले अहिले चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई ठुलाे चुनाैती खडा हुने चर्चा सुरु भएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest