कात्तिकमा ‘चङ्गा चेट’

कात्तिक १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक भएको छ । बेरोजगार युवाहरुको कथा बोकेको यस चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झा प्रमुख भुमिकामा देखिएका छन् भने अन्य कलाकारहरुमा प्रियंका कार्की, परमिता आरएल राणा र सुरक्षा पन्त छन् ।

पैसा कमाउन आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झाले गर्ने संघर्ष र रमाइलो चलचित्रले वाचन गर्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ । यस अघि पनि हास्यब्यङ्ग र समाजको यथार्थलाई चित्रण गरिएको चलचित्र ‘पशुपति प्रसाद’ निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालले ‘चङ्गा चेट’ लाई निर्देशन गरेका छन् । ‘लुट’ निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रमा लगानी गरेका छन् । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ । यो चलचित्रको यसअघि नै ‘गोजीमा दाम छैन’ गीत हिट भए सँगै हालै मात्र ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलर:

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest