जयललिता बन्न कंगनाले बुझिन् २४ करोड, बलिउडकै सर्वाधिक महँगी अभिनेत्री कंगना

बलिउड अभिनेत्री कंगना रनावतले हालै आफ्नो नयाँ चलचित्रको घोषणा गरेकी छन् । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वर्गीय जयललिताको बायोपिक चलचित्रमा उनी शनिबार अनुबन्धित भएकी हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा चलचित्रकाे लागि हस्ताक्षर गरेकी हुन् । १९८७ मा हिमाचल प्रदेशको मन्डीमा जन्मिएकि अभिनेत्री रनावत यहि मार्च २३ बाट उनी ३२ वर्षमा लागेकी छन् ।

भारतीय मिडियाका अनुसार, जयललिताको बायोपिक चलचित्रका लागि कंगनाले २४ करोड पारिश्रमिक लिएकी छन् । सधैं अभिनेतासरह पारिश्रमिक अभिनेत्रीले पनि पाउनु पर्ने आवाज उठाउँदै आएकी उनी अब बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । दुई वर्ष अगाडि इन्टरनेशनल स्टार प्रियंका चोपडा बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको लिस्टमा टपमा थिइन् ।

यसपछि उनलाई अभिनेत्री दीपिका पादुकोणले उछिनिन् । उनले चलचित्र ‘पद्मावत’ का लागि १२ करोड पारिश्रमिक लिएकाे चर्चा छ । अब उनलाई रिप्लेस गर्दै कंगना बलिउडकै सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । बलिउडमा चलेका अभिनेताले पनि २४ करोड हात पार्न सकेका छैनन् । हालसालै उनको नयाँ चलचित्र ‘मणिकर्णिका’ सार्वजानिक भएको थियो, जसले बक्सअफिसमा राम्रो ठाउँ अाेगट्न सफल भएकाे थियो ।

जयललिताको बायोपिकलाई दक्षिण भारतीय चलचित्रका नामुद निर्देशक ए.एल. विजयले निर्देशन गर्दैछन् । तमिलनाडुमा जयललितालाई पुराची थलाईवीको नामबाट पनि चिनिने गरिन्थ्यो, जसको अर्थ हुन्छ ‘क्रान्तिकारी नेता’ । चलचित्रको हिन्दी संस्करणको नाम ‘जया’ राखिएको छ । जयललिताको भूमिकामा कंगना फिट हुने भएकै कारण अनुबन्धित गरेको निर्देशक विजयले बताएका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest