यात्रा चलचित्रबाट गायिका बनिन् मलिका (भिडियो)

यही चैत २९ गतेबाट प्रदर्शनकाे तयारीमा रहेकाे चलचित्र ‘यात्रा’ को नयाँ गीत युट्युबमार्फत सार्वजानिक भएको छ । ‘डुलि डुलि’ बोलकोे गीतमा गायिका मेलिना राईकाे स्वर रहेकाे छ । दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रचना रहेको गीतमा कोविद बज्र र प्रतिक पौडेलले संयूक्त रुपमा संगीत भरेका छन् । गीतको भिडियोमा चलचित्रकी प्रमुख अभिनेत्री मलिका महत ‘तपस्या साँझ’ मा टुंगना बजाएर गीत गाउँदै देखा परेकी छिन् ।

चलचित्रमा उनकाे दृष्टिविहीन युवतीको भूमिकामा रहेकी छिन् । सार्वजनिक गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत पनि फिचर्ड छन् । चलचित्रमा टुंगना बजाउनका लागि मात्र अभिनेत्री महतले तीन महिना तालिम लिएकी थिइन् । चलचित्रमा यो गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक सम्राट शाक्य बताउँछन् ।

चलचित्रमा कथा पनि सम्राटकै रहेको छ भने सञ्जय लामाले खिचेका हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

चलचित्रमा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीसँगै चलचित्रमा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest