‘सानो मन’ को गीत सार्वजनिक, आयुष्मान र शिल्पाले मर्काए ‘रानु कम्मर’ (भिडियो)

असार २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका सार्वजनिक गरिएको ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर साजन सिंहले कोरियोग्राफी गरेका छन् ।

कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको गीतमा रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् । गीतका सर्जक रोमन र रवि मल्ल हुन् । तीस लाखको लागतमा खिचिएको गीतको भिडियोमा आयुष्मान र शिल्पाले ठुम्का लगाएका छन् । फिल्मको निर्देशन सुयोग गुरुङले गरिरहेका छन् । उनको यो डेब्यू निर्देशित फिल्म हो ।

Sano Mann Music Video Release

सार्वजनिक गीतको भिडियोमा फिल्मका अन्य कलाकारहरु गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलाई पनि देख्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री गौरीले अभिनेता आयुष्मानको नृत्यको खुलेर तारिफ गरिन् । स्वर्गीय श्रीकृष्ण श्रेष्ठपछि आफूलाई आयुष्मान राम्रो नृत्य गर्ने र नृत्यमा निकै मिहिनेत गर्ने कलाकार लागेको उनले बताइन् ।

यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । ओपिजि फिल्म्स, ए प्लस इन्टरटेंमेंट र हाई टेक इन्टरटेंमेंटको ब्यानरमा बनेको यस फिल्मका निर्माताहरू राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तल हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । यसमा आलोक शुक्लाको छायांकन छ ।

भिडियो:

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest