प्रेमगीत ३ काे अभिनेत्रीमा नयाँ अनुहार ल्याउने तयारी

दर्शकबा धेरै नै रुचाइएकाे सिरिज ‘प्रेमगीत’ चलचित्रकाे पहिलाे सिरिजले निर्माता डुबाए पनि दर्शकलाई भने चित्त बुझाएकाे थियो । दोस्रो सिरिजले भने बक्सअफिसमा राम्रै स्थान हाँसिल गर्याे । यस सँगसँगै चलचित्र ‘प्रेमगीत’ को दुई भागले अभिनेता प्रदीप खड्कालाई स्टार बनाइ निकाल्याे । अब यस चलचित्रको तेस्रो सिरिज निर्माण हुँदैछ । चलचित्रको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई राेजिएकाे छ ।

छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले मिलेर चलचित्रको निर्देशन गर्दैछन् । ‘प्रेमगीत ३’ मा पनि अभिनेता प्रदीपले नै ‘प्रेम’ को भूमिका निभाउँदैछन् । उनको अपोजिटका लागि भने अभिनेत्रीको टुंगो लागेको छैन । यद्यपि, निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल चलचित्र नखेल्ने घोषणा गरिसकेकी छन् ।

नीतिले प्रदीपसँग जोडी बाँध्न अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएको छन । चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले चलचित्रको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने बताएका छन ।

विज्ञप्तीमा उल्लेख भए अनुसार, ‘आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सकिने छ । चलचित्रको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ ।’

आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । यस चलचित्रको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि चलचित्रको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनकाे भनाइ छ छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest