बर्षा को हनिमुनमा ‘जात्रै जात्रा’ बाधक (भिडियाे)

सुमित कार्की,
‘जात्रा’ र ‘शत्रु गते’ मार्फत् आफूलाई सफल निर्देशकको रुपमा चिनाएका प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा’ कि नायिका बर्षा राउत ले ७ बर्ष को प्रेम सम्बन्ध लाई पूर्णविराम लगाउदै गत फागुनमा मात्र अभिनेता संजोग कोइराला सँग बैबाहिक जीवनमा बाधिएकि छिन ।

आफ्नो चलचित्र करीएर को दौरान मा बर्षा ले कयौ हिट फिल्म दि सकेकी छिन् , तेस्को ज्वलन्त उदाहरण करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’पनी हो । त्यही सफल फिल्म मा भने विवाहपुर्व नै एक सन्तान कि आमा बनेकी बर्षा र अभिनेता संजोग को तत्कालै भने कुनै फेमिली प्लान नभएको बताएकाछन ।

विवाह पछी ३ हप्ते युरोप टुर को लागि निस्केका जोडी , उनी अभिनित चलचित्र ‘जात्रै जात्रा’ को गीत संगीत र ट्रेलर ले चर्चा पाइरहदा आफु धेरै उत्साहित भएर आफ्नो युरोप टुर छोट्याएर नेपाल फर्केको बताएकि छिन । फिल्म बारे प्रश्न गर्दा ‘जात्रा’ मा भन्दा ‘जात्रै जात्रा’ मा आफ्नो भूमिका फरक रहेको पनि उनले बताइन् । यो फिल्म करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । दुई फिल्मको कथामा खासै भिन्नता देखिन्न । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।

निर्देशक प्रदिप भट्टराई को लेखन र निर्देशन रहेको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ मा सिङे लामा र यज्ञस्वर पौडेल को लगानी छ । नेपाली समाज को युवा हरुको समस्या लाई फिल्म कमेडी जनरा मा जीवन साचिकै जात्रा हो भनेर प्रस्ट्याउन खोजिएको छ । ‘जात्रै जात्रा’ मा एक भिलेन को भूमिका मा भने दयाहाङ राइ को इन्ट्री भएको छ । काली प्रसाद बास्कोटा र कृष्ण भार्द्वाज को संगीत रहेको फिल्म मा कबिराज गहतराज र प्रविन सिङ को कोरीयोग्राफि रहेको छ ।

दर्शक को प्रतिक्षा को फिल्म बनेको ‘जात्रै जात्रा’ मा बर्षा को अलवा ,बिपिन कार्की ,दयाहाङ राइ, रबिन्द्र झा , रबिन्द्र सिङ बानिया ,राजाराम पौडेल , प्रकाश घिमिरे, सोहित मानन्धर, कलु राणा, अंसु महर्जन, (हात्ती) कृष्ण भक्त महर्जन, कबिन्द्र त्रिपाठी, प्रेम पाण्डे, सजन थापा मगर, प्रियंक झा, शर्मा जि, लक्सी श्रेष्ठ, अर्बिन खड्का लगायत रहेका छन । रबिन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको ‘जात्रै जात्रा’ यही जेठ ३ गते बाट देश भरका हल हरुमा एक साथ प्रदर्शन हुँदैछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest