एवार्डमा पनि छक्कापञ्जा–३ काे हावी

११ औं संस्करणको डी सिने एवार्ड–२०७६ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–३’ हाबी भएको छ। उक्त चलचित्रले समारोहमा सर्वाधिक ८ वटा एवार्ड जितेको थियो। उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित गायक, गायिका, लोकसंगीत, हास्य अभिनेता, चरित्र अभिनेत्री, सम्पादक तथा निर्देशकको एवार्ड जित्यो। दीपाश्री निरौलले वर्षको उत्कृष्ट निर्देशकको एवार्ड जित्ने क्रममा दर्शकप्रति कृतज्ञता जाहेर गरेकी थिइन्।

समारोहमा गत चैत मशान्तमा प्रदर्शन भएको केशव भट्टराईको चलचित्र यात्राः अ म्युजिकल भ्लगले ६ वटा एवार्ड आफ्नो पक्षमा पार्‍यो। उक्त चलचित्र द्वन्द्व निर्देशक, पटकथा, नव निर्देशक, सह अभिनेता, अभिनेता तथा नव निर्देशकको एवार्ड जित्न सफल भयो। समारोहमा यात्राका अभिनेता सलिनामान बनियाँले सर्वोत्कृष्ट अभिनेताको एवार्ड जित्दा सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड चलचित्र प्रसादकी नम्रता श्रेष्ठको भागमा पर्‍यो।

कलाकारहरूको उपस्थिति अत्यन्त न्यून देखिएको एवार्ड वितरण समारोहमा नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेन्ड्री एवार्डबाट सम्मानित गरियो भने गायिका देविका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान अर्पण गरियो। निर्देशक सोभित बस्नेतले छायाँछवि चलचित्रकर्मी रजत सम्मान पाए भने सञ्चारकर्मी अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे।

चलचित्र छक्का पञ्जाले पटकथाको एवार्ड नजित्नुलाई अधिकांश सहभागिले अनौठो माने। पटकथाको एवार्ड नजितेको उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रको एवार्ड भने जितेको थियो। पटकथाको एवार्ड चलचित्र यात्राले पायो, छक्कापञ्जा भने सर्वोत्कृष्ट चलचित्र घोषित भयो। सहभागी चलचित्रकर्मीहरूले राम्रोलाई भन्दा हाम्रोलाई एवार्ड बाँडिएको टिप्पणी समेत गरे। समारोह सञ्चालन भैरहँदा कतिपय चलचित्रकर्मी समारोहबाट बाहिरिएको दृष्यले आयोजक संस्थालाई समेत खिन्न बनाएको देखिन्थ्यो।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest