चलचित्र दयारानीलाइ मिति सर्दाको हैरान

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’ लाई प्रदर्शनका लागि उपयुक्त मिति जुर्न सकेको छैन । चलचित्रको जेठ १० र साउन ३० गरि दुईपटक प्रदर्शन मिति घोषणा गरिसकिएको छ । तर, अझै प्रदर्शनमा आउन सकेको छैन । सर्नैमा फुर्सद छैन ।

पछिल्लो पटक घोषणा गरेको मिति (साउन ३०) मा मल्टीस्टारर चलचित्र ‘हजार जुनीसम्म’ आएपछि फेरि यो चलचित्र सरेको छ । माओत्से गुरुङले निर्देशन गरेको चलचित्र अब फागुन ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ ।

गुरुङ भाषाको चलचित्र निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो चलचित्रबाट मूलधारे चलचित्रमा पाइला राख्न लागेका हुन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । चलचित्रमा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको निर्देशक गुरुङको भनाई छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest