चपली हाइटको तेश्रो सिरिज बन्ने पक्का

दीपेन्द्र के. खनालद्धारा निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो सिरिज निर्माण हुने पक्का भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन । यहि चैत्रमा प्रदर्शनमा आउने यो चलचित्रमा पहिलो सिरिजमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन ।

अर्जुन कुमार फ्लिम्स र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने भएको छ । अर्जुन कुमारले निर्माण गर्ने यो चलचित्रमामा उनको जोडी नव–अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । चलचित्र ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव–अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।

अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण चलचित्र छाड्न नसकेको बताइन । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ’, उनले भनिन । अर्की अभिनेत्री सुपुष्पा पनि चलचित्र गर्न सहर्ष स्वीकार गर्नुको कारण स्क्रिप्ट रहेको बताउँछिन । आफू चलचित्रलाई लिएर उत्साहित रहेको उनले बताइन ।

चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको ‘चपली हाइट ३’ को घोषणा सभामा निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ चलचित्रको पनि घोषणा गरे । उनले यो चलचित्रपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको चलचित्र ‘फाटेको जुत्ता’ को दोस्रो सिरिज निर्माण गर्ने भएका छन । त्यसपछि ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र सुरु गर्ने उनले बताए । उनी निर्मातासँगै गायक पनि हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest