‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान २०७६’ को तयारी अन्तिम चरणमा,

-विनाेद दर्नाल
प्रदेश १ सरकार मुल आयोजक तथा धरान उपमहानगरपालिका र स्विस बिकास नियोग र सुनसरी उधोग बाणिज्य संघ धरान सहयोगि रहेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान -२०७६’ को व्यवस्थापन को तयारी तिव्ररुपमा अगाडि बढेको छ । आईतवार सुनसरी उधोग बाणिज्य संघ धरान को सभाहाल मा आयोजित पत्रकार सम्मेलन मा ,सो जानकारी गराइएको हो । हिमालयन एशोसियसन व्यवस्थापना को जिम्मा लिएको महोत्सवमा धरानलाई प्रदेश नं. १ को चलचित्र नगरीका रूपमा विकास गर्ने चर्चित डकुमेण्ट्री फिल्म सुनाकलीदेखि द लास्ट हनिहण्टरदेखि मिरा राईको विषयमा निर्मित फिल्महरूसम्म प्रदर्शन हुनेछन् । कात्तिक २९ देखि मङ्सिर २ सम्म धरान सभागृहमा हुने महोत्सवको पहिलो दिन तीन चलचित्र प्रदर्शन गर्ने कार्यक्रम तय भएको हिमालय एशोसियसन का प्रोजेक्ट कोअर्डिनटर राजेन्द्र रिमाल ले जानकारी दिनु भयो । रिमाल का अनुसार पहिलो दिन बिट बियरले निर्देशन गरेको ५० मिनेटको स्वीस डकुमेण्ट्री स्वीस पशुपालक पहिलो दिन प्रदर्शन हुनेछ भने पहिलोदिन को दोस्रो शो मा निर्देशक बेन नाइटको ३५ मिनेट लामो डकुमेण्ट्री ‘द लास्ट हनी हण्टर’ पनि पहिलो दिन प्रदर्शन हुनेछ । कृषिमा आधारित जीवनशैली भएका पूर्वी नेपालको हुङ्गु उपत्यकामा बस्ने कुलुङ समुदायको कथा रहेको बताइएको छ । महोत्सवको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेर धन राइले गर्नु हुन्छ । उद्घाटन समारोह मा बिभिन्न जातिय झल्काउने झाकी हरु , सन्थाल , मेचे ,राजबन्सी ,ताज्पुरिया झाकी हरु प्रस्तुत गरिने छ । सम्पूर्ण तयारी को लागि फिल्म प्रदर्शन गर्ने सभाहल देखी ,बाहिरी डेकुरेसन को लागि सम्पूर्ण सजावट सहित मन्च व्यवस्थापनाको काम भईरहेको छ । कार्त्तिक २९ गते देखी धरान स्थित सभागृह मा दर्जनौ चर्चित सिनेकलाकार , चलचित्रकर्मी को उपस्थिती रहने सदस्य सचिव अरुण प्रधान ले जानकारी दिनु भयो । आफ्नो ठाउँ को गरिमा को रुपमा महोत्सव भएको ले पनि यसलाई सफल बनाउन प्रदेश १ का चलचित्रकर्मी हरु दिनरात लागि परेको उपसमितिका संयोजक बिजय सुब्बा ले बताउनु भयो । साथै उक्त महोत्सव भरी चलचित्र कर्मीहरु सँग नेपाली चलचित्र र मोफसल सँग को सम्ब्न्ध , प्रदेश मा नेपाली फिल्म को चुनैती बिषय मा छलफल महोत्सवमा बिभिन्न उत्कृष्ट चलचित्र हरु निशुल्क हेर्न पाइनेछ । सो अवसरमा प्रदेश १ मा रहेर चलचित्र क्षेत्र र कला क्षेत्र लाई योगदान गर्ने १५ जना कलाकार हरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष हिक्मत कुमार कार्की ले जानकारी दिनु भयो । यो महोत्सव प्रदेश कै गरिमा सँग जोडीएको हुनाले यस्लाई सफल बनाउन सबै प्रदेशवासी लाग्नु आग्रह गर्दै ,महोत्सव सफल पार्न कुनै कसर बाँकी नराख्न समितिलै निर्देशन दिदै कुनै कारण महोत्सव असफल हुननहुने मा मन्त्री कार्की को जोड थियो । चार दिन सम्म चल्ने महोत्सव मा दैनिक रुपमा ३ वटा फिल्म हरु प्रदर्शन गरिने बताइएको छ । कार्त्तिक २९ गते हुने महोत्सव मङ्सिर २ गते सम्म ४ दिन चल्नेछ ।

हिमालयन एशोसियसन ले व्यबस्थापना गरेको महोत्सव प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राइ को अध्यक्षतमा निर्देशक समिती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की को अध्यक्षतमा मुल आयोजक समिती र प्रदेश सरकारका मुख्य सचिव को सुरेश अधिकारि को संयोजकत्वमा व्यवस्थापना समिती रहेको महोत्सवलाई चलचित्रकर्मी महसंघ प्रदेश १ ले व्यवस्थापना मा सहयोग गरेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest