अमर र टिकाको ‘पिरती त जिन्दगीमा’ सार्वजानिक
नेपाली सांगीतीक जगतमा बढ्दो म्युजिक भिडियो सार्वजानिकको क्रममा अमर तुम्बापो सुब्बा र टिका लामिछानेको ‘पिरती त जिन्दगी’ बोल गीतको म्युजिक भिडियो भर्खरै सार्वजानिक भएको छ । कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको उक्त म्युजिक भिडियो अमेरिकामा छायाँकन गरिएको छ ।
प्रभु भण्डारीको समेत अभिनय रहेको म्युजिक भिडियोमा प्रेम र विछोडको समिश्रण कथालाई प्रस्तुत गरिएको छ । सौरव तिमिल्सीनाद्धारा रचित उक्त गीतमा गायक स्वयं अमरको संगीत रहेको छ । पाउजु एल्बममा समाबेश रहेको यो गीतको म्युजिक भिडियोलाई कृष्ण राईले सम्पादन, छायाँकन र निर्देशन गरेका हुन ।
Facebook Comments
