त्रिकोणत्मक खोटाङ्गे कला बजारमा

नेपाली सांगीतीक जगतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा राई इज किङ मेघा स्टार राजेश पायल राईको नयाँ गीत भर्खरै सार्वजानिक भएको छ । सदाबहार व्यस्त गायक राई इज किङको ‘किन टाढा टाढा भयौ अहिले’ बोल गीत युट्युव मार्फत आज सार्वजानिक भएको हो ।

सार्वजानिक गीतमा दोस्तीहाङ राईको शब्द रचना रहेको छ भने संगीतकार डिआर अटुको संगीत रहेको छ । गीतकार दोस्तीहाङले प्रेम सम्बन्धमा हुने उत्तराचढाव र प्रेम सम्बन्धका मिठा अनुभवको अभिव्यक्तिहरु गीत मार्फत व्यक्त गरेका छन ।

खोटाङ्गे त्रिकोणात्मक कला मिठो संयोजन–
खोटाङ भन्नु वित्तिकै नेपाली सांगीतीक जगतको उर्वर भुमिको रुपमा लिनु थालिएको छ । नेपाली सांगीतक जगतमा जतिपनि कलाकारहरु चर्चाको शिखरमा छन तिनिहरु खोटाङले उत्पादन गरेको कलाकार अर्थात कलाहरु नै भएको पुष्टि भएको छ । पछिल्लो समयमा नेपाली गीतसंगीत क्षेत्रमा खोटाङ हावीले पनि यो पुष्टि गरेको छ ।

आज सार्वजानिक गीत ‘किन टाढा टाढा भयौँ अहिले’ पनि खोटाङ्गे त्रिकोणात्मक प्रतिभाको संयोजनले पनि उत्कृष्ट बनेका सजिलै अनुमान लगाउन सकिन्छ ।

गायक राजेश पायल रार्इ

१,, राजेशपायल राई (गायक)
नेपाली सांगीतीक जगतमा राजेशपायल राई भन्नु वित्तिकै धेरै परिचय दिनु नपर्ला । खोटाङमा जन्मिएका यी गायक सदावहार चर्चामा रहने गरेका छन । यी गायक वर्षमा ६ महिना त आकाशमै वित्ने गर्दछ । राई इज किङले चिरपरिचि यी मेघा स्टार नेपाली सांगीतीक जगतका एक बलियो खम्बा हुन । राई इज किङले विश्वमा आफु मात्र चिनाएनन उनले नेपाली गीत संगीतलाई पनि चिनाएका छन । सरसर्ती हेर्दा राई इज किङ बास्तव मै नेपाली सांगीतीक जगतका किङ नै हुन ।

अमेरिकाको एक प्रान्तले त यी मेघा स्टारलाई सम्मान गर्दै राई इज किङ डे नै सार्वजानिक दिवसको रुपमा मनाउने घोषणा गरेको छ । राई इज किङको गायन क्षेत्रमा कुनै पनि विधा छैन । उनी सवै विधाका गीत गाउनमा निकै माहिर छन । यी भर्सटायल गायकले अहिले सम्म हजाराै हजार गीत रेकर्ड गराइ सकेका छन ।

 

 

२,, डि आर अटु (संगीतकार)

स‌गीतकार डिअार अटु

नेपाली सांगीतीक जगतमा डि आर अटु निकै नै चर्चित संगीतकारको नाम हो । खोटाङले जन्माएका यी संगीतकार संगीत संयोजनमा जति माहिर छन गीत लेखनमा पनि उतिनै माहिर छन । विशेष त यीनी संगीत संयोजन नै गर्दछन । संगीतकार डिआर अटुको संगीत संयोजनमा जुन जादु छ त्यसले श्रोताहरुको मन जितेको पछिल्लो समयको चर्चाले प्रमाणीत गरेको छ । भन्ने नै हो भने संगीतकार डि आर अटु संगीतका एक ब्राण्ड हुन ।

बाँसुरी बजाउनुमा माहिर यी संगीतकार अन्य बाध्यबाजामा पनि निकै नै माहिर छन । उनको यहि संगीतको जादुकै कारण पनि सांगीतीक जगतमा गायक तथा गीतकारहरुको पहिलो रोजाइ यीनै संगीतकार पर्ने गरेका छन ।

कोरियामा रहेर कम्पनीको चर्को काम सँगै आफ्नो सांगीतीक यात्रालाई निरन्तर दिइरहेका छन । धेरै जसो संगीत कर्मिहरु प्रवासमा पुगे पछि आफ्नो सांगीतीक यात्रालाई पुर्णविराम नै लगाएको देखिएको छ । तर संगीतकार डि आर यो विषयमा अपवाद बने ।

 

 

गीतकार दोस्तीहाङ राई

३,, दोस्तीहाङ राई (गीतकार)
भारतको गोर्खा पल्टनमा जन्मिएका कारण दोस्तीहाङ नाम पाएका खोटाङका एक प्रखर सर्जक हुन । नेपाली सांगीतीक जगतमा गीत लेखनमा अघि बढीरहेका यी गीतकार कविता पनि निकै लेख्ने गर्दछन ।

कोरियामा कार्यरत उनी आफ्नो लेखनलाई पनि निरन्तरता दिइ रहेका छन । समाजसेवामा पनि अग्रपंक्तीमा रहेका यी गीतकार हाल किरात राई यायोक्खा दक्षिण कोरियाका उपाध्यक्ष हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest