‘गाँउ गाँउ बाट उठ बस्ती बस्तीबाट उठ’ गीत नेपथ्य ब्याण्डले गाए

बामपन्थी विचारधारमा आधारित ‘गाँउ गाँउ बाट उठ बस्ती बस्तीबाट उठ’ बोलको गीत निकै नै चर्चित गीत हो । २०४६ सालको जनआन्दोलनमा यो गीत जताततै बजेको थियो । त्यसै गरेर २०६२ सालको जनआन्दोलनमा पनि यो गीतले उत्तिकै ठाउ जमाएको थियो । जनस्तरमा पनि यो गीतको लोकप्रियता चुलिएको थियो । पहिलो जनआन्दोलन लगत्तै बनेको चलचित्र ‘बलिदान’मा समावेश गर्नको लागि यसको व्यवस्थित रेकर्ड भएको थियो ।

पछिल्लो समय भने यो गीतलाई नेपथ्य ब्याण्डले रेकर्ड गरेको छ । नेपथ्य ब्याण्डको हालसम्म नाम नजुरेको दसौँ एल्बममा यो गीत समावेश गरिएको छ । ब्याण्डले यो गीत आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुको माध्यमबाट यो गीत सार्वजानिक गरेको छ । यसका साथै युट्युवमार्फत पनि यो गीत सार्वजानिक भएको छ ।

यो म्युजिक भिडियो तयार पार्नको लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणको क्रममा आयोजित कन्सर्टहरुको भिडियो क्लीप्सहरु जोडेर बनाइएको छ । उक्त भिडियोमा गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै परिवेशका दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest