अशोक दर्जीको झिलमा फुलु बोलको गीत सार्वजानिक भुइकटहरे फिचरिङमा

पछिल्लो समय निकै चर्चामा रहेको बालगायक अशोक दर्जीको ‘झिलमा फुलु’ बोल गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा बालगायक दर्जी कै हितैसी मित्र भुइकटहरे नामले चर्चित स्माइल घिमाल फिचरिङमा रहेका छन ।

भर्खरै युटुवमार्फत सार्वजानिक म्युजिक भिडियोबाट उठेको रकम बालकलाकार भुईकटहरे(स्माइल घिमाल) को घर निर्माणमा लगानी गर्ने निर्माण टिमको भनाइ छ । निर्माण टिमको अनुसार बाल कलाकार घिमालको घर एउटा त्रिपालमुनि सिमित रहेकोले उनको परिवारलाई घरको आवश्यक देखिएकोले यो अभियान सुरु गरिएको हो । निर्माण टिमका एक सदस्यले भने यो अभियान हामिले कुनै लोकप्रियताको लागि नभएर स्माइल घिमाल भुइकटहरेको घर परिवारको दु:खमा साथ दिन मात्र खोजिएको हो ।

चर्चित बालगायक अशोक दर्जीको स्वरमा रहेको उक्त गीत मञ्जुल मितेरिको शब्द रचना रहेको छ । मञ्जुल मितेरीकै संगीतमा रहेको गीतलाई टंक लिम्बु रोमीले संगीत संयोजन गरेका छन । सो गीतलाई सुगन्ध एल्वममा समावेश गरिएको छ ।

सुमन तामाङद्धारा निर्देशित म्युजिक भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन । त्यसै गरेर उज्वल वल तामाङले क्यामेराको फ्रेममा कैद गरेको म्युजिक भिडियोमा स्माइल धिमाल भुइकटहरेको साथमा कौशिला राई र दिपक न्योपाने पनि फिचरिङमा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest