सात वर्षिय मिन्सा राईको नछेक तिमी मलाई बोलको गीत बजारमा

हङकङमा बसोवास गर्दै आएकी ७ वर्षिय मिन्शा राईले नेपाल आएर गीत रेकर्ड गराएकी छिन । हङकङमा जन्मि हङकङमै आफ्नो वाल्यकाल अनि आफ्नो शिक्षालाई अघि बढाइरहेकी यी ७ वर्षिय बालिकाले नपाली गीत गाएकी हुन । साधरतया नेपाली समाजमा बच्चाहरुलाई नेपाली भन्दा ज्यादा त अंग्रेजी भाषालाई धेरै प्रथामिकताका साथ उनीहरुसँग अंग्रेजीमा बोलाउने र बोल्ने गरिन्छ । तर हङकङ त्यसै पनि पश्चिमा सस्कारमा रहेको र त्यहाको शिक्षा चाइनिज वा अंग्रेजी भाषामा मात्र हुन्छ । हो यहि वातावरणमा हुर्किदै गरेकी मिन्साले नेपाली गीत गाउदा अचम्म मान्नु स्वभाविक नै हो ।

बाबु सन्तमान राई र माता तीर्थ माया राईको कोखबाट जन्म लिएकी मिन्शाले घरैमा बाबा सँग संगीत सिक्ने गरेकि थिइन । एक दर्जन बढी गीत बजारमा ल्याइसकेका गायक सन्तमानले पनि आफ्नी छोरी मिन्सालाई संगीत सिकाइरहने र हङकङमा हुने सांस्कृतिक कार्यक्रममा पनि सहभागी गराउने गरेका थिए । आफु संगीतप्रेमी भएको कारण पनि आफ्नो सन्तानले पनि नेपाली गीत संगीतलाई नजिक बाट चिनुन् भन्ने हेतुले नै नानीलाई संगीत सिकाउने गरेको हुँ सन्तमानले भने । गायक सन्तमान नेपाली गीत सँगसँगै आफ्नो भाषा अर्थात राई वान्तवा भाषामा पनि गीत गाउने गरेका छन ।

हङकङ याउ मा तेइ स्थित टिकेडिएस फुङ सेउङ चाइनिज स्कुलमा अध्ययनरत मिन्साले ‘नछेक तिमी मलाई’ बोलको गीत बजारमा ल्याएकी छिन । हङकङको त्यो व्यस्तताको वावजुद पनि घरैमा बाबा सँग संगीत सिक्दै नेपाली सांगीतीक जगतलाई योगदान दिदै आएकी यी ७ वर्षिय बालगायिका मिन्साको आउदो सांगीतीक जीवन सुखमय रहोस हाम्रो कन्फ्युजनेपाल डट कम टिमको तर्फबाट पनि शुभकामना ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest