राजेश पायल रार्इकाे आर्इ लभ यु बजारमा

नेपाली सांगीतिक जगतमा राई इज किङ्ग को नामले चिरपरिचित, लोकप्रिय गायक राजेश पायल राईको सांगीतिक एल्बम ‘दर्शन नमस्ते ३’ मा रहेको ‘आई लभ यु’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ। मोडल तथा नायिका अनु शाह र विजय तामाङकाे फिचरिङ रहेको भिडियोमा प्रेम र रोमान्सका दृश्यहरु हेर्न सकिन्छ। गीतका शब्दहरुमा प्रेमका सम्वादहरुलाई समावेश गरिएको छ। भिडियोमा गायक राजेश पायल राईलाई भने देखाईएको छैन।

गीतमा नवराज लम्सालको शब्द र सन्तोष राजको संगीत सुन्न सकिन्छ। एसित त्रिपाठीले एरेन्ज गरेको गीतको मिक्सिङ किशोर थापाले गरेका हुन्। अजय रेग्मीले खिचेको भिडियो दिपक विष्टले सम्पादन गरेका छन् भने यो भिडियो काजिश श्रेष्ठको निर्देशनमा तयार भएको हो।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest