राजेश पायल राईको सयपत्रीले तिहार गीत चर्चाको शिखरमा

नेपाली सांगीतीक जगतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका मेघास्टार गायक राजेश पायल राईको देउसी गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । दशैंको छेक पारेर सार्वजानिक गरिएको उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको २ हप्ता नबित्दै लाखौ दर्शकको मनमा बस्न सफल भएको छ । भर्खरै सयपत्री बोलका गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल युटुव च्यानलबाट सार्वजानिक गरिएको थियो ।

प्रेम राई कुवासाङ्छाको रचनामा रहेको उक्त गीतमा बिनोद खम्बुले संगीत भरेका छन । फुलन्देको आमाले चिरपरिचित उमेश राईको कोरियोग्राफिमा तयार भएको सो म्युजिक भिडियोमा उमेश राई, दिपा तामाङ, महेन्द्र राई, अनु लिम्बु, गायक स्वयं राजेश पायल राई, पदम राई, अमर राई र अमर तामाङ लगायतका कलाकारहरु फिचरिङमा रहेका छन । चन्दु गोर्खालीको एरेन्जमा तयार भएको सो भिडियोमा बिना पाण्डेको श्रृगांर रहेको छ भने राकेश किरातीको निर्देशन रहेको छ । त्यसै गरेर भुपेन्द्र तुम्बाहाम्फेले क्यामेरामा कैद गरेको सो म्युजिक भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest