दिपा तामाङको मेरो गीत बजारमा

सामाजिक सञ्जालमा निकै नै ख्याती प्राप्त जोडि महेन्द्र राई र दिपा तामाङको हो । विगत देखि नै कभर गीत गाउँदै युटुव फेसबुकमा निकै चर्चा बटुल्दै आएका जोडि हुन । यो युगलले कभर गीत मात्र हैन सांगीतीक जगतमा थुप्रै गीत बजारमा ल्याइसकेका छन ।

इलाममा जन्मिएकी गायिका दिपा तामाङले भर्खरै मेरो गीत बोलको गीत बजारमा ल्याएकी छन । २ दर्जन बढी गीत बजारमा ल्याइसकेकी गायिका दिपाले दशैंको अन्त्य सँगै नया गीत सार्वजानिक गरेकी छिन । गत बुधवार गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजानिक गरिएको हो ।

जिनुइन म्युजिकको ब्यानरमा तयार भएको म्युजिक भिडियोलाई कुमार थापाले एरेन्ज गरेका छन । लोक राई द्धारा लिखित उक्त गीतमा मन थुलुङले संगीत भरेका छन । त्यसै गरेर नविन बावु गुरुङले निर्देशन गरेका सो म्युजिक भिडियोलाई स्वयं निर्देशकले नै क्यारामा कैद गरेका छन भने नविन सिंहले सम्पादन गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest