कवि सुष्मा रानाहँमाको नया गीत बजारमा

प्रदेशको व्यस्तताको वावजुद पनि नेपाली साहित्यमा कविता लेखन मार्पmत बलियो उपस्थिति जानाइरहेकी सुष्मा रानाहँमा नया गीतको साथमा बजारमा आएकी छिन । भर्खरै युटुव मार्पmत सार्वजानिक गरिएको तिम्रो नसालु हेराईमा बोलको गीत सुष्माको रचनामा रहेको छ । गायिका बबिना किरातीको स्वरमा सजिएको गीतको लिरिकल भिडियो सार्वजानिक भएको छ । युवा युवतीको प्रेम सम्वन्धको मसलालाई गीतमार्पmत मज्जाले प्रस्तुत गरिएको छ ।

कोरिया जस्तो व्यस्त मुलुकमा रहेर पनि साहित्य र गीत संगीतमा समय दिइरहेकी रानाहँमा विषेश गरेर कविता लेखनमा अब्बल कहलिएकी लेखिका हुन ।

शक्तिशाली शब्द संयोजनको ब्राण्ड रानाहँमाद्धारा रचित गीतलाई अर्का एक ब्राण्डेड संगीतकार डि आर अटुको हेभि क्वालिटीको संगीतले उक्त गीतलाई बडो मिठो बनाएको छ । संगीतकार अटु पनि गीतकार रानाहँमा जस्तै व्यस्त मुलुक कोरिया मै संघर्षरत पात्र हुन । उक्त मुलुकको व्यस्ततालाई व्यवस्ता गर्दै भए पनि यी संगीतकारले संगीत भने छोड्नु त परको कुरा अझ उनको सांगीतीक करिअर मौलाएको छ ।

लिम्दुमी क्रियशन युटुव च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतलाई राजु कार्किले एरेन्ज गरेका छन भने दिपेन्द्र भट्टराईको भिडियो सम्पादन रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest