हेन्सेनले प्रेममा डुबाएकाे यी २ प्रेमी

गत महिना सार्वजनिक गरिएको ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ बोलको म्यूजिक भिडियो अझै पनि उस्तै चर्चामा रहेकाे छ । कवियत्री तथा सहित्य अनुरागी हेन्सेन याक्खाद्धार रचित याे गीतलाइ गायिका अञ्जु पन्त र गायक उत्तमजङ लिम्बु लावतीकाे स्वरमा सजिएकाे छ ।

गीतकार हेन्सेनकाे यस प्रेमिल गितमा गायक तथा संगितकार उत्तमजङकै संगित रहेकाे छ । पुर्वी नेपालकाे विभिन्न चर्चित पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशक तथा कलाकार देउकृष्ण लिङखा याख्खा देवानले निर्देशन गरेका छन ।

दुइ प्रेमी प्रेमिका विचकाे एकअर्काको मायामा चुर्लुम्म डुब्दा संसार नै भु्लेकाे भान हुने भाव बोकेको यस गीतमा कलाकार आयुषा लिम्बुखिम र तिलक खत्रीले भरपुर प्रेममय मायाको अनुभव साट्दै फिचरिङमा देखिएका छन। म्युजिक भिडियाे हेर्दा यी कलाकारले गीतकाे भावलाइ मज्जाले न्याय गरेका छन ।

गीतकाे म्युजिक भिडियाे हेरी रहँदा अभिनयमा उत्रीएका यी २ कलाकार मज्जाले एकअर्काकाे प्रेममा डुबेकाे महसुस हुन्छ । कतै यी कलाकार साँच्चैकाे प्रेमी प्रेमिका त हाेइनन ? भन्ने भान दर्शकहरुमा रहन्छ । तर यी २ कलाकार जीवनमा पहिलाे पल्ट एकअर्कामा चिनजान भएका हुन । पहिलाे भेट भएता पनि हेन्सेनकाे प्रेमिल शब्दकाे भावमा मज्जैले डुबे ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

One thought on “हेन्सेनले प्रेममा डुबाएकाे यी २ प्रेमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest