युवा आख्यानकार प्रयास गीतकारको रुपमा ( भिडियाे )

आज भोली निकै नै व्यस्त नव आख्यानकारको रुपमा परिचित प्रयाश दुमी राई गीतकारको रुपमा देखा परेका छन । गत असार मै प्राञ्जल नामक प्रेम कथामा आधारित उपन्यास बजारमा ल्याएका प्रयासले भर्खरै नक्कली आए नक्कली बोलको गीत लिएर बजारमा छाएका छन । २० वर्ष ठिटो प्रयास आख्याकारको रुपमा दर्ता भएको वर्ष दिन नबित्दै गीतकार परिचय पनि थपेका छन ।

पछिल्लो समय एकदमै व्यस्त म्युजिक भिडियो निर्देशक कृष्टि किराती लिसराको निर्देशन रहेको नक्कली ओए नक्कली गीतको म्युजिक भिडियोमा सीता राई, सन्तोष राई र हितशंकर कुलुङ फिचरिङमा रहेका छन ।

नेपाली गायन क्षेत्रको चम्किली तारा मेलिना राई र निशान राईको स्वरमा सजिएको उक्त डुएट गीतमा डाक्टर किरातको संगीत र बुद्ध स्याङको संगीत संयोजन रहेको छ । सो म्युजिक भिडियोलाई विशाल श्रेष्ठले कोरियोग्राफी गरेका छन भने दिनेश पराजुलीको छायांकन रहेको छ । उत्तर राना मगरको सम्पादनमा तयार भएको म्युजिक भिडियोका लागि स्मृति दाहालको श्रृङ्गार रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest