मुल्यबृद्धिकाे विरोधमा धरानमा २ सामाजिक संस्था उपमहानगरपालिकामा

मुल्यबृद्धिको विरोधमा धरान–१३ स्थित जनजागृती समाज तथा जनसरोकार मञ्चले संयुक्तरुपमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । बजार व्यवस्थापन, मनपरी बजार भाउ बृद्धि र सवारी भाडा बृद्धिका साथै राज्यले दिएको छुट मापदण्डलाई पनि सवारी साधनले छुट नदिएकोले जनता पिडित रहेको गुनासो थियो ।

उक्त कार्यक्रममा उपस्थित मासले धरानका अन्य विकाशमा पनि उपमहानगरपालिका मौन रहेको गुनासो पोखेका थिए । विषेश गरेर बजार भाउ र सवारी भाडा दर बृद्धिमा सकेसम्म चाँडो भन्दा चाँडो पहल गरी जनताको हितको लागी निर्णय गरियोस भन्ने आव्हान गरिएको थियो ।

जनसरोकार मञ्चका सचिवले सञ्चालन गरेको कार्यक्रममा जनजागृती समाजका सचिवले ज्ञापन पत्र वाचन गरेर सुनाएका थिए । सो ज्ञापन पत्र जनसरोकार मञ्च तथा जनजागृती समाजका अध्यक्षद्धय कृष्णनारायण पालिखे र प्रेमकुमार गुरुङको हातवाहुलिबाट धरान उपमहानगरपालिकाको उपमेयरलार्य हस्तान्तरण गरिएको थियो ।

ज्ञापन पत्र हस्तान्तरण पछि धरान उपमहानगरपलिकाकी उपमेयर तथा कार्यवाहक मेयर मञ्जु भण्डारीले उक्त ज्ञापन पत्रमाथी बोल्दै धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यवाहक मेयर भण्डारीले सवारी भाडा बृद्धिमाथी टिप्पणी गरे पनि अन्य विकासको सवालमा भने खुलेर बोलिनन । अन्यविकासको सवालमा वोल्नेक्रममा कुनै तथ्यगत टिप्पणी गरिनन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest