प्रदेश नं १ किरात प्रदेशका वैज्ञानिक आधारहरु

लेखक : राजेन खिम्बुले राई (मुलघरे कान्छा)

– राजेन खिम्बुले राई (मुलघरे कान्छा)
यो सृष्टि,धर्तीमा नेपालको भुमीमा आदिमकालमा सर्वप्रथम भुमिपुत्र किरातीहरुले नै मानव सभ्यताको विजोरोपण गरेको कुरा ईतिहासका स्वर्णिम पानाहरुमा कोरीएका छन।प्राचीन किरातकालको सभ्यता/ईतिहासबाट नै नेपालको प्राचीन सभ्यता र ईतिहासको रचना सुरु हुनेगर्दछ।भुमिपुत्र किरातीहरुको प्राचीन सभ्यता र ईतिहासलाई नसमेट्ने हो भने नेपालको ईतिहासले पुर्णता पाऊन सक्दैन।किरात सभ्यता,संस्कृती र ईतिहास जती प्राचीन हो,नेपाल राष्ट्र पनि त्यती नै प्राचीन छ।आदिमकालमा मानव सभ्यता विकासको क्रममा किरात्तीहरुको सभ्यता,अपनाएको धर्म,संस्कार,संस्कृती र ईतिहास नै नेपाली सभ्यता,संस्कृती र धर्मको प्रवेशद्वार हो।किरातीहरुको प्राचीन शाषनकाल नै नेपाली संस्कृतीको उत्पत्ती हो ।

नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा आधारीत संघिय शाषन प्रणालीको व्यवस्था,राज्यको शाषकिय स्वरुप,एकात्मक राज्य प्रणालीबाट संघात्मक ढाँचाको परीवर्तित सुरुवातसंगै राज्यको केन्द्रिकृत शक्तीलाई विकेन्द्रिकरण गर्ने नयाँ संघिय व्यवस्थाको अभ्यासरत संघिन घडिमा छ। नेपालको शाषन प्रणालीको संक्षिप्त स्वरुपलाई हेर्दा,मुलुकको प्रमुख राजनैतिक घटनाक्रम र परीवर्तन संगै शाषन व्यवस्था,शाषकिय स्वरुपमा पटक पटक आमुल परीवर्तन हुदै आएको छ। यधपि:-नेपाली राजनैतिक वृतमा २००७ सालको जन-क्रान्ती पश्चात निरंकुश राणा शाषनको अन्त्य भएसंगै नेपालको शाषन प्रणाली,शाषकिय स्वरुपमा मुलभुत रुपमा परीवर्तन भएको मान्नु पर्दछ। २००७ सालदेखी १७ सालसम्मको प्रजातान्त्रिक अभ्यास पश्चात पुन्ह निर्दलिय पन्चायती व्यवस्था लागु गरीयो,फलस्वरुप २०४६ सालको जन-आन्दोलनको जन्म भयो र निर्दलिय व्यवस्थाको अन्त्यसंगै बहुदलीय व्यवस्थाको सुरुवात भएको थियो। नेपालमा निरंकुश शाषन प्रणालीको अन्त्य भएसंगै संवैधानिक रुपमा बहुदलिय व्यवस्थाको सुरुवात संगै नेपाली जनताले केहि स्वतन्त्रताको महशुस गरे तर नेपालका आदिवासी-मुलवासी/जनजाती,मधेशी,दलित पिछडावर्ग र तमाम सिमान्तकृत समुदायले राज्यको शाषकवर्गबाट भएको भाषिक,सांस्कृतिक,धार्मिक,लैङ्गीक,वर्गीय,जातीय असमानता र विभेदको अन्त्य नभएको प्रत्याभुती गरे जसको प्रत्यक्ष परीणाम मुलुकमा १० वर्षे माओवादि जनयुद्ध र ६२/६३ को जनआन्दोलनलाई मान्न सकिन्छ। यी सबै राजनैतिक घटनाक्रमलाई नियाल्दा नेपाली जनताहरु जब राज्यबाट अन्याय र विभेद गरीन्छ,जनताको स्वतन्त्रता हक अधिकारमाथी राज्यले निरंकुशता लादिने काम हुन्छ तब तब विद्रोहको स्वरुप तैयार भएसंगै राज्यको शाषकिय स्वरुपमा आमुल परीवर्तनको लागी जनताहरुको आवाज उठेको हो भन्ने ठोकुवा गर्न सकिन्छ। ततपश्चात विभिन्न राजनैतिक उत्तरचढाब पश्चात २०७२ सालमा नेपालमा जनताको जनप्रतिनिधीले पारीत गरी मुलुकले पहिलो र साँतौ संविधान प्राप्त गर्यो ।

वर्तमान परीपेक्ष्यमा नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा आधारीत संघिय शाषन प्रणालीको व्यवस्थालाई संवैधानिक रुपमै सिमितता राख्ने कि संघियताको वैज्ञानिक पक्षहरुलाई अबलम्बन गर्दै राज्यको आदिवासी/मुलवासी जनजाती,दलित,मुश्लीम,मधेशी,थारु,महिला लगायत सबै जातजाती,भाषाभाषी,धर्मालम्बी,वर्ग,लिङ्गका सबै सिमाङ्कृत नेपाली जनताहरुको मौलिक हक अधिकार सहित धार्मिक,भाषिक, जातीय,वर्गीय असमानता र विभेदको अन्त्य गर्ने हो भन्ने हेर्न बाँकि नै छ। नेपालको अन्तरीम संविधान २०७२ ले संघिय शाषन प्रणाली अवलम्बन गर्दै संघिय व्यवस्थाको पहिलो प्रयास स्वरुप संवैधानिक रुपमा मुलुक धर्मनिरेपेक्षता ,समानुपातीक,समावेशीता,धार्मिक,भाषिक,वर्गीय,जातीय असमानता र विभेदको अन्त्य भई न्यायमुलक समाजको विकाश घोषणा सहित संघिय ७ प्रादेशिक खाकालाई अघि सार्यो तर ६२/६३ सालको जनआन्दोलन पश्चात पहिचान सहितको संघियताको माग सहित संघर्ष गरीरहेका मुलवासी/आदिवासी/जनजाती/खस/मधेशी/थारु/दलित/उत्पिडनमा परेका सिमान्तकृत समुदायको पहिचान र अस्तित्वको मागलाई सम्बोधन गर्न सकेन।नेपालको अन्तरीम संविधान बमोजिम नै पहिचानका ५ आधार:-१)जातीय/समुदायगत २) भाषिक ३) सांस्कृतिक ४) भौगोलिक/क्षेत्रगत ५) ऐतिहासिक र सामर्थ्यका ४ आधार:-१) आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य २) पुर्वाधार विकासको अवस्था र सम्भावना ३) प्राकृतिक साधन र स्रोतको उपलब्धता ४) प्रशाषनिक सुगमता को आधारमा नै संघिय प्रदेशहरुको निर्माण गरीने भएता पनि व्यवहारीक रुपमा लागु नगर्ने संकेत प्रदेश नं ६ लाई कर्णाली प्रदेश नामंकन अघि सार्नाले,शाषकवर्गको नियत स्पष्ट नै देखीन्छ। यहि प्रसंगलाई जोडदार रुपमा दिने हो भने प्रदेश नं १ को नामंकनको सन्दर्भमा नेपालको राजनैतिक वृतमा सतह देखी उच्च तह हुदै बौद्धिक सर्कलसम्म के को आधारमा नामकंन रहने भन्ने विचार विमर्श टिका-टिप्पणी तथा बहस चर्किएको छ।प्रदेश नं १ को सभ्यताको पहिचान र भौगोलीक,सांस्कृतिक,सामुदायिक, ऐतिहासिक पक्ष भनेको नै किरात हो तसर्थ प्रदेशको नाम किरात प्रदेश राख्नु नै वैज्ञानिक ठहरीने कुरा किरात राई यायोक्खा लगायत विभिन्न किरातजन्य संघसंस्था,राजनैतिक पार्टिका नेतागण,बुद्धिजिबी सर्कलका मानिसहरुले आआफनो धारणा राख्दै आएका छन।नेपाली राजनैतिक वृतका अंधिकांश राजनैतिक दलहरुले पनि आफनो दलिय ऐजेण्डामा किरात प्रदेश लाई नै अघि सारेका छन भने कतिपय ठुला राजनैतिक दलहरुले पनि किरात प्रदेशलाई सभ्यता र ऐतिहासिक आधारमा स्वीकार गर्न सकिने किरात कोशी,किरात सगरमाथा जस्ता अभिव्यक्ती सहित मौन समर्थन जनाएको संकेत देखाईरहेका छन।

नेपालको प्राचीन ईतिहासमा समग्र नेपाल अनी भौगोलिक रुपमा नेपालको पुर्वी भु-भाग सभ्यता र ऐतिहासिक रुपमा हेर्ने हो भने किरातीहरुको विचरण भुमी हो,जहाँ किरातीहरुले मानव सभ्यताको विजारोपण गरेको हो। यो सृष्टि,धर्तीमा नेपालको भुमीमा आदिमकालमा सर्वप्रथम भुमिपुत्र किरातीहरुले नै मानव सभ्यताको विजोरोपण गरेको कुरा ईतिहासका स्वर्णिम पानाहरुमा कोरीएका छन। प्राचीन किरातकालको सभ्यता/ईतिहासबाट नै नेपालको प्राचीन सभ्यता र ईतिहासको रचना सुरु हुनेगर्दछ।भुमिपुत्र किरातीहरुको प्राचीन सभ्यता र ईतिहासलाई नसमेट्ने हो भने नेपालको ईतिहासले पुर्णता पाऊन सक्दैन। किरात सभ्यता,संस्कृती र ईतिहास जती प्राचीन हो,नेपाल राष्ट्र पनि त्यती नै प्राचीन छ। आदिमकालमा मानव सभ्यता विकासको क्रममा किरात्तीहरुको सभ्यता,अपनाएको धर्म,संस्कार,संस्कृती र ईतिहास नै नेपाली सभ्यता,संस्कृती र धर्मको प्रवेशद्वार हो। किरातीहरुको प्राचीन शाषनकाल नै नेपाली संस्कृतीको उत्पत्ती हो। किरातीहरुको पृष्ठभूमि हेर्दै जादा ईतिहासविद तथा मानवशाष्त्री, समाजशाष्त्रीहरुको अध्ययन अनुसन्धानबाट प्राचीन मानव जातीको उत्पतीस्थल एसियाको पेकिङ र जावा लाई मानिएको छ।विभिन्न खोज-अनुसन्धानको क्रममा नेपालको तिनाऊ नदिको किनारमा भेट्टाईएका एक करोड १० लाख वर्ष पुरानो (रामापिथेकश)मानवको हाड/बंङ्गाराले एशियाको नेपालमा नै मानव जातीको पहिलो उत्पत्तीस्थल हो भन्ने सिद्ध गरेको छ। त्यसमा पनि उक्त हाड /बंङ्गारा मङ्गोलाईड नश्लको पुर्खा (रामापिथेकस)को हुदा मंङ्गोलाईड वंशका किरातहरुको उत्पत्तीस्थल पनि यहि नेपाल भन्ने पुष्टि हुन्छ। यो विशाल एसिया महादेशको मध्यपुर्व र भारतीय उपमहादिप सम्पुर्ण प्राचीन किरातहरुको विचरणभुमी रहेको र त्यसैलाई किरातदेश भनिन्थियो। मरुतन्त्र हिमवतखण्डमा उल्लिखित श्लोक अनुसार काश्मिर देखी पुर्व,कामरुप देखी पश्चिम भुटान देखी मानसरोवरको दक्षिण पश्चिमसम्म ,कैलाली नदिको किनार देखी सरयु नदिको किनारसम्म,मानसरोवरदेखी चीनसम्म,नागदेश देखी महाचीनसम्म किरातहरु विस्तारीत थिए जसलाई किरातदेश भनिन्थियो जुन महाभारतकाल भन्दा पुर्वको हुनुपर्दछ। हिन्दु आर्य सभ्यता र धर्मको रचना वेद पुराण,काब्य,कथा, अभिलेख,बौद्ध,ब्राम्हण,जैन ग्रन्थहरुमा समेत किरात जातीको विषयमा चर्चा गरी मुल आधारस्तम्भको रुपमा राखीएको पाईन्छ। किनभने त्यहा किरात सभ्यता र ईतिहास लाई आधार मानिएन,किरातको कुरा जोडिएन भने वेद पुराण र ग्रन्थहरुको प्राचीनता झल्किन्दैन,पुर्णता पाऊन सक्दैन।

प्राचीन किरात सभ्यताको किरातीहरुको विचरण भुमी यती फराकिलो हो भन्ने अध्ययनबाट किरातीहरु काठमाण्डौ उपत्यका (यलाखोम)लाई मात्र उत्पत्तीस्थलको,मानव सभ्यता विकासको सुरुवात र काठमाण्डौमा मात्र शाषन विरासत कायम गरेको हो र किरातीहरु प्राचीनकालमा नेपालको पुर्वी भुभागमा अवस्थित थिएनन भन्ने तर्कलाई गलत पुष्टि गर्ने कुरामा कुनै दुईमत छैन। मेरो विचारमा किरातीहरु नेपालको पुर्वी भुभागमा प्राचीनकालबाट नै स-सानो राज्य सन्चालन गरेर अवस्थित थिए, किरातीहरु चाहि काठमाण्डौ उपत्यकामा मात्र सिमित थिए प्राचीन किरातकालमा किरातीहरु नेपाली पुर्वी भु भागमा अवस्थित थिएनन,लिक्ष्क्षवीहरुको आक्रमणबाट काठमाण्डौ उपत्यकाबाट भागेर पुर्व प्रवेश गरेका हुन भने मनगढन्ते तर्कलाई गलत साबित गर्दछ। किरातीहरु प्राचीनकाल देखी नै नेपालको पुर्वीय भु भागमा पनि यत्रत्यत्र छरीएर स-साना राज्य सन्चालन गरेर बस्दथिए भन्ने पुष्टि हुन्छ।जो वैज्ञानिक खोज अनुसन्धान र अध्ययन गर्न बाँकि नै छ। प्राचीन किरातहरुकै समयमा किरातहरुको राज्य/राष्ट्रको नाम नेपाल रहन गएको बुझिन्छ। त्यसैकारण किरातहरुको राष्ट्र/राज्यको नाम नेपाल -किरात पर्याय हुन गएको हो।

नेपालको ईतिहासलाई अध्ययन गर्दा प्राचीन किरातकालमा मुलत किरातीहरुले (यलाखोम) भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा किरात राजा एलम/येलुङ/यलम्बरको शाषन आरम्भ ई.पु १८७९(१८७८ वर्ष ८ महिना) पुर्व करीबन ३२ पुस्तासम्म शाषन गरेको ईतिहासको स्वर्णिम पानाहरुमा कोरीएका छन। नेपालको प्राचीन ईतिहासको सम्बन्धमा लेख्ने युरोपेली लेखक कर्कपेट्रिक अनुसार २७ जना,डेनियल राईटको अनुसार २९,गोपाल वंशावली अनुसार ३२ पुस्ता सम्म लगायत विविन्न ईतिहासविदहरुको आआफनै धारणा सहित किरातीहरुले शाषन गरेको लिखित दस्तावेजहरुले बताऊदछ। किरातीहरुको पछिल्लो ऐतिहासिक/भौगोलिक रुपमा सात विरासत कायम गरेको क्षेत्र वर्तमान नेपालको काठमाण्डौ उपत्यका देखी पुर्व पट्टिको क्षेत्रमा (वल्लो किरात)/(माझ किरात) र (पल्लो किरात)को नामबाट शाषन गरेको कुरा ईतिहासको स्वर्णिम पानाहरु साक्क्षी छन।

वनेपा देखी पुर्व जनकपुर अञ्चललाई (वोल्लो किरात),सगरमाथा/चोमोलुङ्मा र कोशी अरुण पश्चीमलाई (माझ किरात) र अरुण नदिको पुर्वको कोशी अञ्चल र मेची अञ्चललाई (पल्लो किरात)नामले चिनिन्थियो। वि.सं १८०० पुर्व सन्ध्या सम्म पनि यो क्षेत्रमा किरातीहरुले देवान,चौतारीया,काजी र हाङ(राजा)कै रुपमा रहेर शाषन गर्दथिए।तर वि.सं १८००-१८३१ सम्मको गोर्खा राज्य विस्तारको नाममा भौगोलिक एकिकरण अभियानले किरातीहरुको गौरबमय ईतिहास र अस्तित्वलाई विस्तारै विस्तारै ध्वस्त बनाऊने काम भयो।नेपालको पुरानो मानचित्र नक्शाहरु हेर्ने हो भने (वल्लो किरात) (माझ किरात) र (पल्लो किरात) भनेर स्पष्ट रुपमा उल्लेख भएको पाईन्छ।नेपालमा २०१७ साल यता पन्चायती व्यवस्था लागु भईसकेपछि पनि सरकारी कागजपत्र र लिखतहरुमा (लिखितम पल्लो किरात/माझ किरात/वल्लो किरात) भनेर किरात राज्य भुगोल लाई भौगोलिक रुपमा सम्बोधन गरी वाक्यांशबाट लिखतको वेहोरा सुरु गरी लेखिन्थियो। यस अर्थमा नेपालमा बहुदलीय व्यवस्थाको आगमन वा त पन्चायती व्यवस्थाको समय सम्ममा पनि किरात राज्यहरुको अस्तित्व थियो,नेपालको पुर्वी पहाडि भुभागहरुलाई किरात नामबाट नै भौगोलिक रुपमा सम्बोधन गरीन्थ्यो भन्ने बुझ्नु पर्ने हुन्छ। (किरात) बहुअर्थपुर्ण शब्द हो,यसले बहुअर्थपुर्ण अर्थ राख्दछ। किरात भनेको सभ्यता हो/ईतिहास हो,संस्कृती पनि हो,किरात भुगोल/भौगोलिक क्षेत्र हो,किरात समुदाय/महाजाती हो,आदिमकालमा किरातीहरुले जहाँ शिकारी युग,कृषीयुग हुदै मानव सभ्यताको विजारोपण गरे त्यहि सभ्यता नै किरात सभ्यता हो। किरातीहरुले आदिमकालदेखी मुन्दुममा आधारीत जुन प्रकृती र अदृश्य शक्ती(Shamanism) को अस्तित्वलाई स्वीकार गर्दै आए त्यहि नै वास्तवमा किरात संस्कृति हो।

एसीया महादेशको मध्यपुर्व र भारतीय उपमहादिप सम्पुर्ण प्राचीन किरातीहरुको विचरणभुमी किरात देश हुन। गोर्खा राज्य विस्तार पुर्व सन्ध्याको किरातीहरुको विचरणभुमी वोल्लो किरात/माझ किरात र पल्लो किरात सबै किरातहरुका राज्य हुन ति सबै किरात भुगोल हुन।वर्तमान समयमा किरात भनेर चिनिने किरात राई,लिम्बु,याक्खा,सुनुवार मात्र किरात नभएर थामी जिरेल कोचे,मेचे,धिमाल,थारु,लगायत नेपालको अंधिकांश Mongoloid), Xanthochroic yellowmen) नश्लहरु सबै नै किरात हुन।यसर्थमा:-किरात एक महाजातीको रुपमा बुझ्नु पर्ने हुन्छ।त्यसो भन्दैमा किरात महाजाती भित्रका किरात नश्लका राई,लिम्बु,याक्खा,सुनावार लगायका नश्ल मात्रै किरात हुन भन्ने तर्कलाई सत्य मान्न सकिन्दैन किनभने किरात भुगोल पनि हो।किरात भुगोल अथवा प्रदेश नं १ किरात प्रदेश भित्र बसोवास गर्ने सबै षाभाषी,धर्मालम्बी,वर्ग,लिङ्गका मानिसहरु भौगोलिक रुपमा ऊ किरात अथवा किरातवाशी हुन सक्दछन।जस्तै किरात प्रदेशवासी हिन्दु आर्य सभ्यताका एउटा ब्राम्हण जातीगत रुपमा ऊ ब्राम्हण हो तर ऊ भौगोलिक रुपमा किरात अथवा किरातवाशी हुन।

यहि प्रसंगलाई जोडदार रुप दिऊ:-ब्रिटेन/बेलायतमा बस्ने एउटा मुशलमान ऊ जातीगत रुपमा मुश्लिम हो तर भौगोलिक रुपमा ऊ बृटिश हो,बेलायतमा वृटिश मुश्लिम कम्युनिटि भनेर बेलायतमा कुल जनसंख्या मध्येको ४.४% ओगटेर मुशलमानहरु आफनो अस्तित्व सहित बसेका छन। त्यस्तै जर्मनीतिरबाट आएका Anglo जातीका मानिसहरुको ऐतिहासिक पक्षबाट राज्य/देश England रहन गएको भएपनि हाल England मा बसोवास गर्ने गैर आङ्लो जातीका गोराहरु पनि आफुलाई English नै भनेर चिनाऊदछन।त्यसो भएको हुनाले जातिगत रुपमा कुनै पनि जाती समुदायका मानिस भौगोलिक रुपमा ऊ किरात अथवा किरातवाशी हुनसक्दछ।यस अर्थमा किरात प्रदेशका सबै जातजाती भाषाभाषी किरात वा किरातवाशी हुन। करीबन ५औ/ छैटौ शताब्दितिर जर्मनीतिरबाट आएका (आङ्लो)
जाती/tribe को मानिसहरुको ऐतिहासिक स्वरुप राज्य/राष्ट्रको नाम England रहन गएको ईतिहास साक्क्षी छ। हाम्रो छिमेकी मुलुक भारतमै पनि संघिय प्रदेशहरु तेलङगाना,बंगाल, तमिलनाडु लगायका कयौँ संघिय प्रदेशहरु ऐतिहासिक/भाषिक पृष्ठभुमीको आधारमा बनेको कुरा त घाम जत्तीकै छर्लङ्ग छ भने नेपाली प्राचीन सभ्यता किरातीहरुको सभ्यता,संस्कृतीत,भुगोल र ऐतिहासिक पृष्ठभुमीको आधारमा प्रदेश नं १ किरात प्रदेश बन्नु नै वैज्ञानिक पुष्टि ठहर हुनेछ।

किरात प्रदेश भित्र नै लिम्बुवान,खम्बुवान,कोईचवान,याक्खालैण्ड,कोचीला,शेर्पालुङ उपस्वायत्त अस्तित्वहरु सुरक्षित छ, प्राचीन नेपाली सभ्यता र संस्कृती सुरक्षित छ। यदि प्राचीन किरात सभ्यता,ईतिहास र संस्कृतीको सम्मान भए,संरक्षण भए मात्र नेपालको प्राचीन सभ्यता र संस्कृतीको सम्मान हुनेछ,संरक्षण हुनेछ,नेपाल र नेपालीहरुको गौरवले शिर ठाडो हुनेछ।अत:-समग्र नेपाल र नेपालीहरुको सभ्यता,संस्कृती र ईतिहासलाई जोगाई राख्न सबै जात-जाती, भाषाभाषी,धर्मसंस्कार,वर्ग लिङ्गका आम नेपालीहरु मिलेर किरात सभ्यता,संस्कृती र ईतिहासको अस्तित्वलाई जोगाई राखौ, आदिमकाल देखीको नेपाली प्राचीन सभ्यता संस्कृतीलाई युगौयुगसम्म संरक्षण गर्न,सम्मान गर्न प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गरौ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest