कुवेर राई एकल साँझ सम्पन्न

नेत्रविहिन गायिका रेनुका राईको उपचारर्थ सहयोग कुवेर राई एकल साँझ आज भव्यताका साथ सम्पन्न भएको छ । समाजसेवी मिमिता राईको एक्लो प्रयासमा आयोजना गरिएको उक्त कार्यक्रममा पाश्र्व गायन क्षेत्रमा स्थापित बरिस्ठ गायक कुवेर राई उपस्थित रहेको थियो ।

कार्यक्रममा बरिस्ठ गायक कुवेर राईले एकल गीत सुनाएर भरपुर मनोरञ्जन दिएका थिए । गीत गाउने क्रममा बरिस्ठ गायक कुबेरले उनको चर्चित गीत मायाले मुलबाटो भुलेछ बोलको गीत पनी गाएका थिए ।

म्याक्स वायुङ राईले सञ्चालन गरेको कार्यक्रमा गायिका रेनुका राईले पनि गीत गाएर मनोरञ्जन दिएकी थिइन । यसै क्रममा गायिका रेनुकाले गाउँदै गर्दा वहाँको कलाको सम्मान गर्दै धरान वडा नम्बर ३ की सचिव हर्षु राईले नगद रु ५००० प्रदान गरेकी थिइन । उक्त रकम गायिका रेनुकाको आखा उपचारको लागि भनेर दिइएको हो । यसका साथै कार्यक्रम संयोजक मिमिता राईले पनि सो कार्यक्रमबाट उठेको रकम र अन्यबाट उठेको रकम एकमुस्ट हस्तान्तरण गरेकी थिइन ।

बरिस्ठ गायक कुवेर राईको प्रमु अतिथ्यमा सम्पन्न कार्यक्रममा संयोजक मिमिताले रकम संकलन डाटा पनि पेश गरेकी थिइन । साथै एक्लो प्रयासमा यतिको कार्यक्रम गर्न पाउदा खुशी रहेको पनि व्यक्त गरेकी थिइन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest