मिस +2 को अर्डिशन सम्पन्न

फेशनको शहर धरानमा मिस प्लस टु रियालिटि शो आयोजना भैरहेको छ । विग इभेन्टस नेपालको आयोजनामा भएको शोमा प्लस टु अध्ययनरत युवतीहरुलाई लक्षित गरेर आयोजना गरिएको हो । युवाहरुको व्यक्तित्व विकाश र युवाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने योजनाले सो प्रतियोगिता आयोजना गरिएको हो । विगत देखि विभिन्न कार्यक्र गर्दै आएको विग इभेन्ट्स नेपालले मिस प्लस टु २०१७ देखि मिस प्लस टु २०१८ दोश्रो श्रृङखला सम्मको यात्रा तय गरेको छ ।

हिजो शनिवार धरान स्थित हाङ्गुग सारान रेष्टुरेण्टमा प्रतियोगीहरुको भारी उपस्थिती माझ अडिसन राउण्ड सम्पन्न भएको छ । खुल्ला रुपमा आवेदन खोलिएको उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउ लगायत भारतको सिक्किम सम्मका युवतीहरुले सहभागिता जनाएका थिए । अर्डिशन राउण्डबाट सवै सहभागि बाट २५ जना छनोट गरिने भनिए पनि सहभागीहरुको कलालाई कदर गर्दै २५ भन्दा बढि पनि छनोट गर्न सकिने बताएका छन ।

विग इभेन्ट्स नेपालका डाइरेक्टर तथा मिस प्लस टु २०१८ का मिडिया कोअर्डिनेटर विकास चाम्लिङका अनुसार अर्डिसन राउण्डबाट छनोटमा रहेको प्रतियोगीहरुलाई ३ हप्ता अवधिभर विभिन्न विषयमा तालिम दिइनेछ । उक्त अवधिभरमा प्रतियोगीहरुको व्यक्तित्व विकाश सँगै महिला अधिकार, पर्यटन सम्मबन्धी गरि विभिन्न विषयका विज्ञहरु बाट तालिम गराइनेछ । यसै विच डाइरेक्टर चाम्लिङले भने हाम्रो योजना मिस प्लस टु मात्र बनाउने उद्देश्य नभएर नितान्त ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने, उनीहरुको क्षमतालाई पहिचान गर्ने र उनीहरुलाई ती क्षमताहरु देखाउने प्लेटफर्म तयार गर्ने हो ।

यहि असोज १३ गते धरान सभागृहमा हुने प्रतियोगिताको फाइनल हुनेछ । उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश ४५ हजार, २५ हजार र १५ हजार नगद पुरुस्कारका साथै ट्रफि क्राउन र गिफ्ट ह्याम्परले सम्मान गरिने छ । त्यसै गरेर उत्कृष्ट ५ प्रतियोगीलाई चार वर्षे ब्याचलर लेभल फ्रि स्कलरसिपको व्यवस्था गरिएको छ । यसका साथै विभिन्न विधामा टाइटल अवार्डहरु पनि रहेको छन जसमा सियोन मिस ट्यानेन्ट, बुढासुब्बा डेन्टल मिस व्युटिफुल, सगरमाथा मिस क्याटवाक, नेसनल मिस फोटोजेनिक, मिस एक्टिभ, मिस डिसिप्लिन, मिस पपुलर लगायत नौ वटा टाइटल अवार्ड रहेको छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest