रमाइलो भेडेटार

सञ्जय याक्खा

तराई र पहाडको संगम स्थल सुनसरी जिल्लाको धरान शहरबाट करिव १६ किलोमिटर सर्पकटमा उकालो लागेपछि भेडेटार आउँछ । धरानदेखि उता जति पनि तराई स्थल छन सायदै कम मात्र पुगेका छन भेडेटार ।

समुद्री सतहबाट १४२० मिटरको उचाइमा अवस्थित यो प्रतिस्ठित टापुमा २९७७ जनसंख्या रहेको छ । भेडेटारको ठिक विचमा इतिहासकार इमानसिंह चेम्जोङ उभिएका छन । यी नै इमानसिंहको शालिकले धरान धनकुटालाई कित्ताकाट गरेको छ । भौगोलिक हिसाबले यो सुनसरी जिल्ला र धनकुटा जिल्लाको आधाआधा गरि २ कित्ता परे पनि त्यस सबै क्षेत्रलाई भेडेटार नै भनेर चिनिन्छ ।

इतिहासकार इमानसिंह चेम्जोङ शालिक

छिनमै कुहिरो लाग्ने छिनभरमै घाम लाग्ने गरेको मनोरम दृश्य साँच्चिकै हेर्न र महसुस गर्न लायक हुन्छ । हरियालीले भरिपुर्ण यो स्थलमा धरान झर्ने घुम्ति कालो पत्रे सडकले अर्को सुन्दरताको मसला थपेको छ । त्यसो त भेडेटारको अर्को आकर्षण चाल्र्स भ्यु टावरलाई कहिल्यै हरियालीले छुदैन ।

तराईको उखरमौलो गर्मीलाई छल्न नेपालको पुर्वी तराई वासीहरु र भारतको विहार प्रदेशका केहि मानिसहरुकोलागि भेडेटार उपयुक्त ठाउँ बनेको छ । गर्मियाम सुरु भए सँगै भेडेटार शितल ताप्नु जानेको लस्कर लाग्ने गरेको पाइन्छ । भेडेटार त्यसै पनि घुम्नका लागि उपयुक्त थलो हो ।

भेडेटार देखि धरान झर्ने सडक

पहाडको टुप्पोमा अवस्थित यो पर्यटकिय क्षेत्रमा बाह्रै महिना चिसो हावा बहने स्थल हो । नेपालको विभिन्न भु–भागबाट र भारतको विभिन्न भु–भागबाट यस ठाउको मज्जा लिन आउने गरेको छन । पर्यटन प्रवद्र्धनको बलियो सम्भावना बोकेको यो भेडेटारमा होटेल व्यवसाय मज्जैले फस्टाएको पाइन्छ ।

भेडेटार पर्यटन साथसाथै विभिन्न चाड मनाउनका लागि पनि उपयुक्त थलो बनेको छ । यसका साथै सिजनमा पिकनिक खेल्नका लागि पनि पुर्वी नेपालको प्रचलित थलो बनेको छ । भन्ने नै हो भने लोकल भाषालाई सापटीमा लिएर भेडेटार रमाईलोको बजार हो । यहाँ बाह्रैमास मनोरञ्जनका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको पाइन्छ ।

भिडियो :

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest