लाहुरेनी फुललाई शुभकामनाको ओइरो

विगत लामो समय देखि सामाजमा घटेका घटनाक्रमलाई कविता तथा लेख मार्फत वकालत गर्दै आएकी लेखिका सुश्मा रुपाबुङ राईको पहिलो कृति अब चाडै बजारमा आउने तयारीमा छ । समाजमा हुने विभिन्न नकरात्मक गतिविधिलाई लेखन माध्यमबाट खवदारी गर्दै आउने यी लेखिकाले थुप्रै कविता लेखि सकेकी छिन । यसका साथ साथै गीत पनि बजारमा निकालि सकेकी छिन ।

शिक्षण पेशामा आवद्ध रहेर पनि गीत, कविता र लेखहरुद्धारा नेपाली साहित्य जगतमा उपस्थित जनाइरहेकी थिइन । जिवनको गोरेटोमा सहयात्रीको रुपमा बृटिश आर्मी सँग उनको लगन गाँठो कसिएपछि भने शिक्षण पेशालाई छोडेर सहित्यमा फुलटाइमरको रुपमा समय दिएकी थिइन । हो यहि आउँदो आइतावार विमोचन हुदैछ उनैद्धारा लिखित उपन्यास ‘‘लाहुरेनी फुल” काे ।

साहित्य लेखन तथा समाज सेवाबाट प्रसस्त सुभचिन्तक बटुली सकेकी लेखिकालाई हाल विमोचनको तयारीमा रहेको उपन्यासको सफलताको शुभकानाको ओइरो लागेको छ । यसका साथै उक्त कृतिको ब्यग्र प्रतिक्षामा रहेको समेत बताएका छन । लाहुरेनीले लेखेको लाहुरेनी कस्तो छ त ? अनि किन लेखियो लाहुरेनी फुल ? यो त आउदो आइतावार प्रत्यक्ष लेखिकाले नै बताउने छिन ।

लेखिकालाई आएको केहि शुभकानाहरु जस्ताकाे तस्तै

लेखिका शुष्मा रूपाबुङसग मेराे ब्याक्तिगत चिनजान त छैन तर उहाका लेखहरूकाे म नियमित पाठक चहि हु,उहाका लेखहरूले मलाई यश कारण तानेकाेछ कि शुष्मा जे लेख्नु हुन्छ स्पष्ट लेख्नु हुन्छ विशेष गरेर पहिचान सम्बन्धी बिषयहरू हाम्राे जनजाति महिला भएर सचेत रूपमा अाफ्नाे माग , अधिकार, थिचाे मिचाेका कुराहरू लेख्नु हुन्छ अनि उहाकाे अात्मा स्वाभिमान देखेर गर्व लाग्छ, भनिन्छ साहित्य दु:खहरूमा सृजना हुन्छ रे तर याे कुरालाई लेखिका शुष्माले गलत साबित गरिदिनु भएकाेछ, सुख दुख जहाँ जस्ताे परिस्थितीमा रहेर पनि उहाले अाफ्नाे साहित्य लेखनलाई कहिले मर्न दिनु भएन हाल सालै उहाकाे उपन्यासकाे रूपमा पहिलाे कृति लाहुरेनी फुलकाे बिमाेचन हुन गईरहेकाेछ लाहुरेनी फुल पढ्न।त पाईएकाे छैन तर मलाई लाग्छ एउटा फुलले फक्रिएर चारैतिर सुगन्ध छरे झै लेखिका शुष्मा भित्रका सुगन्धहरू लाहुरेनी फुल फक्रिएर चारैतिर छरिनेछन र तिनै फुलका परागहरूले फेरि पनि सयाै नया फुलहरूकाे सृजना हुनेछ भन्ने कुरामा बिश्वासका साथ लेखिका शुष्मा रूपाबुङ र लाहुरेनी फुललाई सफल्ताकाे हार्दिक शुभ कामना।

-बालिका वान्तवा
हङकङ

भन्छन , मानिसलाई सम्पन्नताले होइन सघर्षले सक्षम बनाउछ अनि लगनशिल ब्यक्तीहरु नै सफल हुन्छन ।पुर्वी पहाडी जिल्लामा जन्मिएर, लालटिनको मधुरो प्रकाशमा उज्यालो शिक्षा सुरु गरेकी शुष्मा ,नेपाल सरकारको सक्षम कर्मचारी , बिधार्थिको प्यारी गुरु -आमा र अहिले आम पाठक वर्गको लोकप्रिय लेखिका । ३२ भन्दा बढी लक्षण भएकी लेखिकाले, ३२ भन्दा बढी रङ्गिन पत्र भएको फूल लाई शिर्षक बनाई लेखेको यो बहुप्रतिक्षित उपन्यास “लाहुरेनी फूल” जसरी यो फूलको पत्र पत्रमा सुन्दरता लुकेको हुन्छ त्यस्तै उपन्यास भित्रको पृष्ठ पृष्ठमा तिता मिठ भोगाई , यथार्थ र मिठास लुकेको हुनुपर्छ धेरै धेरै बधाई मेरि चेलिरानी शुश्मा, यस्तै यस्तै सुन्दर उपहारहरु लिएर आईरहनु , समाज ,राष्ट्र र साहित्यको चम्किलो नक्षत्र हजारौंमा एक ।
-विविन्द्र राई
दक्षिण काेरिया

समाजका बिकृती समाजभित्र नारीका आवाज लैगिङ्ग असमानताको आवाज झुपडीको आवाज, रङ्गभेदको आवाज समाजभित्र धर्म विभेदका,आवाज उठाउने हाम्रो/ हामी सबैको आवाजका सारथिले हामी लाई किस्ता/ किस्तामा उहाँको आवाज लेख द्द्वार प्रस्तुत गरिरहनु हुन्थियो! साच्चै उहाँको कलमको आवाज निकै मिठो/दमदार अनि बेजोड लाग्थियो तर आज फेरि निकै ठुलो आकारको मिठो सुगन्ध यताकतै आईरहेकोछ। सायद फ्रकृन लाई तमतयार भएको महसुस गरेकी छु। सायद त्यो “फुल लाहुरेनी फुल” भएनी त्यो फुल भित्र साहित्यका बीउ अजम्बरी रहोस सधै -सधै हाम्रो मन मुटुमा लाहुरेनी फुल गढेर ढकमकाईरहोस……

-रिनु चाम्लिङ राई
सिराह स्वस्थ्य सेवामा कार्यरत

लाहुरेनी फूल लाई म एउटा बलियो र अजम्बरी फूल भन्न रुचाउछु किनकी यो फूलले म आँफैले बोकेर हिंडेको राइफल, गोली र बम धेरैपटक देखेकोछ सुघेकोछ । लाहुरेनी फुल फुलाउनुभएकोमा सुस्माजिलाई बधाई अनी सफलताको शुभकामना ।

-सन्जिव पारदर्शी
ब्रुनाइ
लेखिकाकाे श्रीमान

छोटो लेख होस् या लामो लेख जुनै आकार प्रकारको लेखहरूमा बेस्सरी दम हुन्छ , चित्त बुझ्दो हुन्छ , त्यसैले त म वहाको लेखको एक फ्यान हुँ । भाउजू Sushma Rupabung Rai को सार्बजनिक हुन लागेको उपन्यास ‘लाहुरेनी फूल’ ले झन् कसो चित्त नबुझ्ला मेरो! लाहुरेनी फूल लेखिकाको गर्भमा हुँदा अर्थात् कोपिलै हुँदा यसमा यस्तो खाल्को सुगन्ध होला भनेर मभित्र त्यो बास्ना मगमगाउन थालेको हो। अब लेखिकाले फुलाइसक्नु भएको लाहुरेनी फूलको वास्तविक सुगन्ध त लिनु नै छ । त्यो १५ गते कुरिरहेछु…

-रेजिना राई
धरान

आजभन्दा केही बर्षअगाडी मैले फेसबुक चलाउने क्रम मा कहाबाट हो सुस्मा नानाले एउटा उहाकै साथी होला सायद उस्लाई केही राम्रा कुराहरु फेसबुक को स्टाटसमार्फत सम्प्रेषण गर्नु भएको थियो त्यो लेखाई त्यो शब्दले यति मन छोयो र मैले उहाको प्रोफाईल खोलेर हेरे शब्द लेखाइहरुभन्दा मलाई अझ धेरै नाना राम्रो लाग्यो साथै नानाको साहित्यपनि त्यसपछी मैले एड गरे सायद मेरो रिकोएस्टमा नानाको नजर गएन होला या त मलाई नर्मल मान्छे भनेर फेसबुक को साथी बनाउन लायक सम्झनु भएन होला यस्तै कुराहरु मन मा खेलिरह्यो request msg नि गरे तर त्यो नि नाना ले हेर्नु भएन तर मैले 3/4 महिना सम्म पनि request cancle गरिन अन्तमा फेरि हाम्रो बोलिचाली नाना कै एउटा पोस्टमा भयो उहाले tq बहिनी भन्नू भएको थ्यो मैले कमेन्ट बकस मै भने नाना मलाई किन accept नगर्नु भएको यतिमात्र के भनेकि थिए नाना ले मलाई मेरो यति ज्ञानि बुनेलाई म गरिहाल्छु नि भनेर उहाले fb मा साथी बनाउनु भयो त्यसपछी मैले उहाको निरन्तर पोस्टहरु पढ्न पाउथिए खुसी लाग्थ्यो किनकी नानाको लेखाईमा एक किसिम को जादु नै थियो यसरि नाना लाई चिन्ने अबसर पाएकी मैले अबको 5 दिनमा उहाको सृजना लोकार्पण हुदैछ भन्ने खबरले खुसी भएकी छु त्यो कार्यक्रम मा आउन त सकिन्दैन त्यही दिन किताब पाउन त सक्दिन तर प्यारी नाना सुश्मा रुपाबुङ्ग तपाईको यो पहिलो कृति “लाहुरेनी फुल”ले सबैको मन जितुन साथै अझ धेरै यस्तै यस्तै कृतिहरु लेख्नु होला आसामा छौ नाना “लाहुरेनी फुल” को ।

-साया राई

करिब ३ बर्ष अगाडी यस्तै जाडो महिना थियो ।
सामाजिक सञ्जाल हामी परदेशीको लागी थकान
मेटाउने चौतारी जस्तै भएको थियो। त्यसै बेला एक्कासी भाउजुलाई पत्र भन्ने शिर्षकमा एउटा कविता भेटें अनि पढेँ पछी यो कविता हेर्दा हेर्दै भाईरल भयो। के रहेछ भनेर लिङ्क खोले अनि पढेँ । मन यसरी छोयो आँखा रसाउने एउटा लेख थियो त्यो। दोर्याई तेर्याई पढेँ धित मरेन पछी यु ट्युबमा समेत
आयो। जुन लेखिका हुनुहुन्थ्यो Sushma Rupabung Raisushma चेली । र लाग्थ्यो यस्तो राम्रो लेखकहरूको
कृति आईरहे कति जाती हुन्थ्यो •••?

नभन्दै नेपाली साहित्याकाशमा आख्यानकारको रूपमा आशा लाग्दो उपन्यास लाहुरेनी फुल लिएर पाठक सामु आउँदै हुनुहुन्छ उही लेखिका । हामीले आशा गरेको भन्दा माथिल्लो तहमा लाहुरेनी फुल फुलेको हुनुपर्छ । र यसै पौषको १५ गते
मण्डला थिएटर,अनामनगरमा दिउँसोको २ बजे लोकार्पण
हुने हुँदा नेपाली साहित्यलाई माया गर्नु हुने उपत्यका बासीहरू
उपस्थित हुन हार्दिक अनुरोध गर्दछु ।
साथै चेलीलाई भारी बधाई साथै लाहुरेनी फुल उपन्यास
सफलता र लोकार्पण कार्यक्रम भब्यताको हार्दिक शुभकामना!!!
-सुनिल दिप्ता राई
दक्षिण काेरिया

सुष्मा रुपाबुङ राई जी लाई मैले एउटा उत्कृष्ट गीतकारको रुपमा चिनेको हुँ शुरु शुरुमा।फेसबुकमा फाट्टफुट्ट सन्देशमुलक लेखहरु पनि लेखिरहनुहुन्थ्यो।वहाँका तिनै लेखहरुलाई नियाल्दा नियाल्दै मैले देखिसकेको थिएँ वहाँमा उत्कृष्ट लेखिकाको लक्षणहरु। आज अचानक वहाँको पहिलो उपन्यास नै हामी माझ आउन लागेको खबर सुन्दा अत्यन्तै खुसी लागेको छ।सुष्मा जी लेख्नको लागि मात्र लेख्ने लेखिका होईनन् देस,काल र परिस्थिति अनुसार लेखिनु पर्ने जस्तो लेख्न सक्ने खुवी भएको एक ससक्त नारी हस्ताक्षर हुन् ।त्यसैले वहाँको यो लाहुरेनी फुल भित्र पनि हामीले भोगिरहेको,हामीले बाँचिरहेको जिवनकै यथार्थ चित्रण छ भन्ने लागेको छ।वहाँको यो कृतिको लागि अग्रिम बधाई तथा लाख लाख शुभकामना छ….
-डी.आर.”अटु”
दक्षिण काेरिया

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest