सुश्माको लाहुरेनी फूलको विमोचन भब्यताका साथ सम्पन्न

काठमाण्डौ सिंहदरबार पुर्वी गेटको अगाडि पट्टिबाट अलिकति भित्र छिरेपछि मण्डला थिएटर आउँछ। आज अर्थात् पुष १५ गते निकै चहपहल थियो । कति बाटो हिड्नेहरुले आज मण्डलामा राम्रो नाटक मन्चन हुँदैरहेछ भने। कतिले आगामी फेब्रुअरीमा हुनलागेको थिएटर फेस्टिभलको तयारी हुँदैरहेछ भने त कतिले कुनै नयाँ चलचित्रको सुटिङ हुँदैछ भने , हो अनुमान लगाउनेले यस्तै – यस्तै लगाए ।

लेखिका

मध्यान्नको १२ बजिसकेको थियो । त्यहाँ लेखकहरुको जमातले छुट्टै माहोल सिर्जना बनिसकेको थियो । भिडियोको टाइमल्याप्सजस्तै पालक पिलिक गर्दै निकै मानिसको भेला भइसकेको थियो । कुनै उत्सब भन्दा फरक नपर्ला । हुन त यो एक किसिमको उत्सब नै थियो । नयाँ पुस्ताका उदयमान महिला आख्यानकार सुष्मा रुपाबुङ राईद्वारा लिखित उपन्यास ‘लाहुरेनी फूल’ को उत्सब लागेको थियो ।

नेपाली साहित्य जगतमा बलियो उपस्थित जनाउँदै आएकी लेखिका सुश्मा रुपाबुङ राईको पहिलो उपन्यास कृति ‘लाहुरेनी फूल’ आज लोकार्पण भएको छ । अनामनगरस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी उक्त कृतिलाई विधिवत रुपमा आज सार्वजानिक गरिएको छ । फिनिक्स बुक्स फाउन्डेशनको आयोजनामा गरिएको उक्त कार्यक्रममा भारी दर्शकको उपस्थिति रहेको थियो ।

श्रवण मुकारुङ

कार्यक्रममा प्राज्ञ तथा साहित्यकार श्रवण मुकारुङ प्रमुख अतिथि रहेका थिए भने कबि तथा समालोचक प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा अतिथि रहेका थिए । कार्यक्रममा नायिका सुब्बाले उपन्यास ‘लाहुरेनी फूल’ को बारेमा बोल्दै उपन्यास सबैले पढ्नै पर्ने कृति रहेको बताउँदै लेखिकाको लेखन यात्रा सफलताको शुभकामना ब्यक्त गरेकी थिइन्। त्यसै गरेर समालोचक प्रकाश गुरागाईले उपन्यासको समिक्षा गर्दै कृतिले विभिन्न नेपाली समाजलाई धेरै कोणबाट जोड्ने प्रयास गरेको बताए । कार्यक्रममा लेखिकाले ‘लाहुरेनी फूल’ किन लेखियो ? भन्ने सन्दर्भमा बोल्दै लाहुरे समुदाय सँगसँगै गैह्र लाहुरे समुदायलाई पनि चित्रण गर्न खोजिएको बताउँदै पहिलो कृति के कस्तो भयो अबको मुल्यांकन पाठकहरुको हो, उपन्यास पढिसकेर प्रतिक्रियाको आशा गरेको बताएकी थिइन् । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा कवि श्रवण मुकारुङ कार्यक्रममा बोल्दै उक्त उपन्यास माथि समिक्षा गरेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest