लाहुरेनी फूल एकै बसाइमा सिध्याए

सविता सुब्बा

सविता सुब्बा,

`लाहुरेनी फूल´वास्तवमा फूलको नाम हुन्छ भनेर थाहै थिएन, म मेरो दिक्षान्त समारोहको लागि काठमाण्डौ जानू थियो । मेरो गफ सामाजिक सञ्जाल मार्फत मेरै नातेदार , साथी धन वहादुर कुलुङ्ग राई (फोपा)सङ्ग भएको थियो । हो वहाँ मार्फत नै मैले पहिलो पटक कहिल्यै नसुनेको शीर्षकको उपन्यास विमोचन हुने थाहा पाए त्यहाँ जानू मेरो भन्दा नि फोपाको जित थियो, र मैले मेरो साथी रेजिना राई पनि जाने कुरा बुझे पछि अझ सहज भो मण्डला थिएटर पुग्न , र त्यहाँ उपन्यास विमोचनको बेला ठूला २ व्यक्तित्वहरू सङग भेट हुने अवसर जुर्यो । पुस्तक बिमोचन अवधिमा बक्ताहरूले के भन्ने हुन भन्ने कुरामा भन्दा ज़्यादा त कती खेर कार्यक्रम सकिने हो र लाहुरेनी फूल क़ब्ज़ा गर्ने भन्ने कुराले मलाई सताई रहयो ।

अन्तत: कार्यक्रम सकेपछी सबै भन्दा पहिले नै हल बाट बाहिरीएर लाहुरेनी फूल लाई आक्रमण गरे । उपन्यास लेखिका साथै भएको कारण लेखिकाको अटोग्राफ नलीने कुरा पनी त भएन नि । अटोग्राफ लिएपछी उक्त पुस्तक अझ बढ़ी अमुल्य बन्यो मेरा लागी । उपन्यास हात पर्यो अबो लाहुरेनी फूलको सुगन्ध लिने हुटहुटीले उस्तै सतायो । त्यहि बेलूकी ९५ पेज पढे कम्ता जागर चलेको हैन । एक़ै बसाईमा खतम पारौ लागेक़ै हो । समयको अभावले मेरो दीक्षान्त समारोह पश्चात सक्ने निधो गरे । हो, जब मैले म दीक्षितभएर मेरो ऊताको कार्य सकीए पछी पूर्व घर आएँ अबो भने म सँग लाहुरेनी फूललाई समय प्रशस्त भयो । पढ़े सिध्याए एकै बसाईमा ।

(उपन्यासकार)सुष्मा रूपाबुङ राईद्वारा लिखित `लाहुरेनी फूल ´शीर्षक रहेको उपन्यास वास्तवमा लाहुरेनी फूलकै वरिपरि रही सुरूबाट अन्त्य भएको हुँदा उत्कृष्ट लाग्यो,
समाजमा रहेको जातीय विभेद, लाहुरेले सुख दिन सक्छ भन्ने सोच,माओवादबाट आतङकित हाम्रो समाज, बुबाआमाले आफनो सन्तानको भविष्य सोच्नु , लाहुरे समाजबाट पिल्सिएको माया,मायाको लागि आफ्नो लक्ष्यको गला रेटेको, इलामको ३W,कहिले नगएको सहरहरू पुगे जस्तो लाग्यो,जीवन सोचे जस्तै नहुनु, युवाहरू खाडी पस्नु ,

झन क्यानभासमा कोरिएका ती तस्वीरहरू मनमोहक छन,प्रेमको बाटो हेरेकी महिला, दीपले शिखालाई र शिखाले दीपलाइ गरेको प्रेम ,दीपको रहस्यमय मृत्यु ,शीखाले गरेको निर्णय ,प्रेम फेरि बस्नु ,उपन्यासका प्रत्येक शब्दरू सारै राम्रा२ लाग्यो खास त मैले उपन्यास सकिएको पत्तै पाइन ,अनि अाँखाहरू खुब रसाए।

अन्त्यमा:त्यस स्थान सम्म जान उत्साहित गर्ने मेरो आत्मिय साथी धन बहादुर कुलुङ राईलाई हृदयबाटनै धन्यवाद दिन चाहान्छु`लाहुरेनी फूल´फुलाइ सुगन्ध छर्न आउनु हुने उपन्यासकार ज्यू र वहाँको जीवनसाथीलाई स्वागत,लाहुरेनी फूललाई भमरा बनेर चुम्म पाए धन्य छु,आगमी दिनहरूमा नि यस्तै कृतीहरू बाहिरियुन ,पुन: कृतीलाई र कृतीकारलाई शिखरमा पुग्ने शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest