विनेसाम दक्षिण कोरियाको भेटघाट कार्यक्रम सम्पन्न, नया कार्यसमित चयन
विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखाको भेटघाट तथा रचना वाचन कार्यक्र भव्यताका साथ आज सम्पन्न भएको छ । दक्षिण कोरियाको सुवन स्थित नारायणी प्यालेसमा सम्पन्न कार्यक्रममा दर्जनौ श्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित श्रष्टाहरुको गित, कविता, गजल, मुक्तक जस्ता रचनाहरुको वाचनले भने कार्यक्रमलाई मसालेदार बनाएको थियो ।
गितकार, संगीतकार तथा साहित्यकार चन्द्र लामा अनुरागको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा सहित्यकार, विश्लेषक तथा राजनीतीज्ञ मिलन कान्छा किराती प्रमुख अतिथिको रुपमा थिए । त्यसै गरेर अतिथिको रुपमा इतर आवाज साहित्य दक्षिण कोरियाका प्रतिनिधि गीतकार तथा कवियत्री सुश्मा रनाहमा, गीतकार तथा साहित्यकार सुनिल दिप्त राई, नेपाल साहित्य समाज दक्षिण कोरियाका प्रतिनिधि साहित्यकार तथा गितकार शकुन आ“शुको उपस्थित रहेको थियो । त्यसै गरेर सउल इमिग्रेशन तथा ह्युमन राइट्स प्रतिनिधि यमन सेन ठकुरी, गीतकार तथा कवियत्री दिपा मेवाहाङको पनि अतिथिको रुपमा उपस्थिती रहेको थियो ।
विश्व नेपाली साहित्य महासंघकोका सह–सचिव देव बाबुले सञ्चालन गरेको कार्यक्रममा सोहि संघका उपाध्यक्ष पुस्प प्रसाद गुरागाईले स्वागत मन्तव्य राखेका थिए । आज सम्पन्न भेटघाट तथा रचना वाचन कार्यक्रममा २६ सदस्यीय कार्यसमिती चयन पनि गरेको छ ।
विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखाको कार्यसमिती: २०१९
१ अध्यक्ष – चन्द्र लामा अनुराग
२ उपाध्यक्ष- पुष्प प्र गुरागाँई
३ सचिव -दिनेश कार्की
४ सह सचिव -देब बाबू
५ कोषाध्यक्ष- रेजिना राई
६ सदस्यः जस्टिना शेर्पा
७ ” बुद्धि वीर गोर्खाली
८ ” दिनेश मुडवरी
९ ” अम्मर लामा
१० ” कृष्ण प्रसाद पौडेल
११ ” खेमु ढकाल
१२ ” लक्ष्मी तामाङ
१३ ” राज लामा मोक्तान
१४ ” रिजन ब्लोन तामाङ
१५ ” रूविन रेग्मी
१६ ” रूपेश लामा
१७ ” सन्दिप अधिकारी
१८ ” जे बि चोङ्बाङ
१९ ” कर्ण पुमा राई
२० ” कमान्सिं मुक्सु
२१ ” बाबुराम चौधरी
२२ ” भरत गुरधामी
२३ ” देबेन्द्र खत्री
२४ ” घनेन्द्र बराल
२५ ” बासुदेब अधिकारी
२६ “जितेन्द्र कार्की
सल्लाहकार द्वय
२७ गनिन्द्र विवश
२८ डि पी खकुरेल
नया कार्यसमिती चयनका साथसाथै आजको कार्यक्रममा भर्खरै प्रकाशित वियस राईद्धारा लिखित हिउ“माझी कथा संग्रह र सुश्मा रुपाबुङ राईद्धारा लिखित लाहुरेनी पूmल उपन्यास लाई उपस्थित श्रष्टाहरु माझ पुर्याइएको थियो । विदेशमा संगठित एक सहित्य संघले नेपाली साहित्यको लागि यो निकै नै उदाहरणीय कार्य हो ।
