आधा शरिर मात्र लिएर सगरमाथा चढ्डै साहसिक वृटिश आर्मि मगर

हामी हिडिरहेका थियौ ड्याम्म पड्कीयो मैले दाया हेरे मेरो दाहिने खुट्टा त्यतीबेलै थिएन । बाया हेरे बाया खुट्टा थियो तर झिझिरा हड्डी र नसाहरु मात्र थियो । म गोर्खालीको छोरो मेरा लास्ट सास रहुन्जेल लड्छु भनेर गएको थिए, मैले दुइ वटै खुट्टा गुमाउछु भनेर मैले कहिले पनि सोचेकै थिएन । तर जीवन सोचे जस्तो नहुदो रहेछ मलाई थाह थिएन यो आधा ज्यान कतिको महत्वपुर्ण हुने रहेछ भन्ने ।

एक साहसी वृटिश आर्मी सरासर उनको त्यो २०१० को जीवनको डरलाग्दो र कहालि लाग्दो घटनालाई स्मरण गर्दै बताउछन । रोल्पाका हरि बहादुर बुढा मगर १९९९ मा बृटिस आर्मिमा भर्ना भए । सानो छदा उनलाई न लाहुरे बन्छु भन्ने र पछि दुवै खुट्टा गुमाउछु भन्ने कुरा कल्पना पनि गरेका थिएनन् । मगरले दुवै खुट्टा गुमाए ता पनि आप्mनो लक्ष्यप्रति भने हिम्मत कहिले पनि हारेनन् । आधा ज्यान मात्र छ मैले केहि पनि गर्न सक्दिन भन्ने हतोत्साहिलाई भने उनले पर सारेर अझ आप्mनो रुचीको खेल साहसिक खेल खेल्ने संकल्प गरे ।

उनै साहसिक वृटिस आर्मी मगर अहिले सगरमाथा चढ्ने अभ्यासमा व्यस्त छन अहिले । हालसम्म उनले फ्रान्सको मो“ब्लो, नेपालको मेरापकि, सुर्यकुण्ड, गोसाइकुण्ड, स्कटल्याण्डको बेन नेभिसजस्ता हिमालहरु चढिसकेका छन । उनको अनुसार मेरापिक आरोहणबाट भने विश्व कृतिमान रहेको बताउछन् । यी साहसीक ढुक्कका साथ भन्छन विश्वमा नेपाल र नेपालीलाई चिनाउनका लागि सगरमाथा अबको यात्रा हुनेछ । जीवको १५ वर्ष वृटिस सरकारको सेवामा व्यतित भए भने अबको समय पुर्णरुपमा नेपाल र नेपालीको शिर उच्च बनाउने कार्यमा खर्चिने छु ।

उनका अनुसार यो सन् २०१९ को समय भनेको पुर्णरुपमा तालिमको रहनेछ भने २०२० मा भने सगरमाथा आरोहण गर्नेछु । सगरमाथा चढेर नेपाल र नेपालीलार्इ विश्व सामु चिनाउने उनकाे सपना रहेकाे छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest