भेनेजुएला : गुवाईडोलाई मुलुक छाड्न प्रतिबन्ध

भेनेजुएला सरकारले विपक्षी नेता जुआ गुवाईडोलाई मुलुक छाड्न प्रतिबन्ध लगाएको छ । राजनीतिक संकट चुलिदा आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुवाईडोको बैंक खाता समेत रोक्का गर्न भेनेजुएला सरकारले निर्देशन दिएको छ ।

राष्ट्रपति निकोलस मडुरोको सरकार असक्षम रहेको भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका गुवाईडोलाई अमेरिका सहितका पश्चिमा देशले समर्थन गरेका छन् । राष्ट्रपति मडुरोलाई रुसले समर्थन गरेको बीबीसीले उल्लेख गरेको छ । गम्भीर आर्थिक संकट झेलिरहेको भेनेजुएलामा केही सातायता हिंसा भड्किएको छ ।

विपक्षीले बहिष्कार गरेको निर्वाचनबाट पुन राष्ट्रपति चुनिएका मडुरोको दोश्रो कार्यकाल गत जनवरी १० बाट सुरु भएको हो । पछिल्लो साता मडुरोको विरुद्ध भड्किएको आन्दोलनका क्रममा भेनेजुएलामा ४० जना मारिएका छन् । कमजोर मुद्रास्फितिका कारण हजारौं भेनेजुएलाका जनता मुलुक छाडी छिमेकी मुलुकमा शरणार्थी बनेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest