धरानको औषधि पसलमा अनुगमन पहिले भन्दा अहिले धेरै सुधार

धरानमा औषधि पसलहरुमा अवैधरुपमा लागुऔषधहरु बिक्री वितरण गरिरहेको सुचनाको आधारमा औषधि ब्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनलाई तिव्र बनाएको छ । गत माघ १५ गते दोश्रो पल्ट गरिएको अनुगमनमा धरानमा १ र चकरघटीमा १ गरि २ औषधि पसल बन्द गरिएको फार्मेसी निरिक्षक दिपेन्द्र खड्काले बताएका छन । फार्मेसी व्यवसायी अनुपस्थितीका कारण सो औषधि पसलहरु बन्द गरिएको हो । उक्त पसललाई बन्द गरि फार्मेसी व्यवसायीलाई अनुगमनको २ दिन भित्र विभागमा बोलाइएको थियो ।

निरिक्षक खड्काका अनुसार गत २७ पुसमा पहिलो पल्ट अनुगमन गर्दा २६ वटा पसलमा अनुगमन गरिएकोमा १० औषधि पसलमा व्यवसायी अनुपस्थितका कारण बन्द गरिएको थियो । सम्पुर्ण बन्द गरिएको पसलका फार्मेसि व्यवसायीहरुलाई अनुगमनको २ दिन भित्र विभागमा बोलाई स्पष्टिकरण लिइ पसलमा बस्ने प्रतिबद्धता गराई चाबि फिर्ता गरिएको थियो । सोहि समयमा २६ पसल अनुगमन गर्दा १ पसल भने दर्ता विहिन रहेको र उक्त पसल बन्द गरि दर्ता प्रक्रियामा लगिएको छ । सो पसल दर्ता प्रक्रिया सकेलगत्तै सञ्चालन गर्ने निर्देशन दिइको छ ।

लागुऔषध दुरुपयोग नियन्त्रण र विरामीहरुको अधिकार सुरक्षार्थ प्रमुख उद्देश्य लिएर सुरु गरिएको अनुगमनले अवैधरुप अर्थात विना स्वीकृत सञ्चालन गरिएको औषधि पसलहरु पनि नियन्त्रणमा आएका छन । नेपालको कानुन र मापदण्ड अनुसार औषधि पसल सञ्चालन हुनु पर्छ । औषधि पसल मानिसको जीवन रक्षार्थको निम्ति सञ्चालन गरिने हो यसलाई व्यापारको रुपमा मात्र सोचेर अवैधरुपमा सञ्चालन गरे सेवाग्राही जनता नै मारमा पर्ने भएकोले औषधि मुल्य र पसल सञ्चालनको मापदण्ड पुरा हुनु पर्ने निरिक्षक दिपेन्द्र बताउछन । कति औषधि पसल यस्तो पनि छन अरु कसैको नाममा दर्ता गरि सञ्चालन पनि गरिएको छन । नेपालको कानुन र मापदण्डमा यो मान्य हुने छैन । जस्को नाममा दर्ता गरिएको छ स्वयं व्यक्ति नै पसलमा बस्नु पर्ने प्राब्धान छ ।

तपाईको अनुगमनले कतिको प्रभाव पुगेको छ त ? भन्ने प्रश्नमा निरिक्षक खड्का बताउछन पुस २७ पछि दोश्रो पटक माघ १५ मा अनुगमनको लागि आएका थियौ त्यो समयमा धेरै नै प्रभाव देखियो । माघ १५ गतेको अनुगमनमा ८ ओटा पसल अनुगमन गर्दा १ ओटामा मात्र फार्मेसी व्यवसायी अनुपस्थित रहेकोले बन्द गर्न लगायौ । औषधि मुल्यमा अनियमितता भने खासै पाइएको छैन । तर धरानमा लागु औषध र अनुमति विनाको औषधिको प्रकोपले व्याप्त छ धरान ।

स्थानिय इलाका प्रहरिको सहायताले मापदण्ड नपुगेको पसललाई विभागको प्रक्रियामा ल्याउछौ“ र लागु औषधलाई पनि नियन्त्रणमा ल्याउनको निमित्त अनवरत लागी पर्नेछौ“ । लागु औषध जन्य औषधिको रेकर्ड जस्ताको त्यस्तै राख्नु पर्छ र मिल्नु पर्छ । ट्रामाडोल जस्ता लागु औषधको रुपमा प्रयोग हुने औषधि हुन यी औषधि डाक्टरको प्रेस्क्रिप्सनमा हस्पिटल भित्रमात्र बेच्नु पाइन्छ हस्पिटल बाहिर यो औषधि विक्री गर्न नपाइने प्राब्धान छ । लागु औषध जन्य औषधिहरु डाक्टरको प्रेस्क्रिप्सन विना विक्री गर्न नपाइने प्राब्धान छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest