परिवार र बच्चाको भविष्यको आशाका केन्द्रविन्दु यतिबेला जीवनमरणको दोषादमा

मानिस जन्मे पछि मृत्यु एक दिन निस्चय छ तर मानिसको जीवनमा जब बज्रपात पर्छ त्यतिबेला भगवान् पनि निस्टुरी जस्तो लाग्छ। बाच्ने रहर कस्लाइ पो हुन्न र? “हुने हार दैव नटार” भनेजस्तै मानवको चोलामा समयले ठगे पछि जिउँदै मरेतुल्य भएर बाच्नुको पिडा कल्पना पनि गर्न सकिदैन।यस्तै पिडा बकलौरी ८ सुनसरीका ३२ बर्षे विष्णु कुमार लिम्बूलाई यतिबेला आइ परेको छ। गत साल २०७४ चैत २६ गते उनी एक्कासि बिरामी परे र तत्काल उपचार्थ हस्पिटलमा जादा उनको दुबै मृगौलाले काम नगरेको कुरा स्वास्थ्यकर्मी बाट थाहा पाएपछि छागा बाट खसे। परिवारको सुन्दर भविष्य कल्पना गरि वैदेशिक रोजगारीका लागि राम्रो मेनपावर कम्पनीको खोजीमा काठमाडौ आएको बेलामा कुनै मेनपावर कम्पनी नपुग्दै उनी माथि यति ठुलो बज्रपात पर्यो जसको कारण उनका परिवार र बच्चाको भविष्यको आशाका केन्द्रविन्दु यतिबेला जीवनमरणको दोषादमा मृत्यु संग लडिरहेका छन्। आफुसंग भएको सम्पत्ति सबै उपचार्थमा खर्च भइसकेको र अहिले हप्ताको दुई पटक डाइलेसिक्स् गर्नुपर्ने हुदा गम्भीर आर्थिक संकटमा विष्णु कुमार लिम्बू र उनका परिवारमा परेको छ।आफू बाच्न पाए नावालक छोरीको भविष्य सुन्दर बनाउन सक्थे कि भन्ने झिनो आशामा उनी उद्धार भावना र सहयोगी मन भएका सबै प्रति यतिबेला सहयोगको याचना मागिरहेका छन्।सामान्य जीवनयापन गर्दै आएका लिम्बूलाई मिडियाको पहुँच र सामाजिक संस्था सम्म पुग्ने माध्यम नभए पछि हालसम्म उनलाई केही चिनजान र आफन्तजन बाट मात्र सहयोग भए पनि उत्त सहयोग उपचारमै सकिएपछि देश बिदेशमा रहनुहुने मनकारी र बिभिन्न संघ संस्था लाई सहयोगीको लागि अपिल गर्नुभएको छ। उहाँ हाल काठमाडौं सुकेधारामा आफन्तको सरणमा बस्दै आउनुभएको छ। र उहालाई सहयोग गर्न इच्छुक जो कोही उद्धार र महान सोचका धनिहरु प्रति निम्न माध्यम बाट सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं।
श्रीमती :- मेनुका लिम्बू
सम्पर्क नम्बर :- ९८१४३१२९६८
हिमालयन बैंक खाता नम्बर :- ००२०७२९२१५००१७

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest